देव विकासले कमायो १४ करोड, सगरमाथाले ५ करोड



काठमाडौं । देव विकास बैंकले पुस मसान्तसम्ममा १४ करोड नाफा गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार अघिल्लो वर्षको तुलनामा नाफामा दोब्बर बृद्धि भएको हो । बैंकले ब्याज आम्दानीबाट २६ करोड कमाएको छ ।

१ अर्ब चुक्ता पुँजी भएको बैंकले पुस मसान्तसम्ममा ९ अर्ब निक्षेप संकलन गरेको छ भने ८ अर्ब कर्जा प्रवाह गरेको छ ।

यस्तै सगरमाथा फाइनान्सले पनि पुस मसान्तसम्ममा ५ करोड ६१ लाख नाफा गरेको छ ।


क्लिकमान्डु