कुपन्डोलमा टोयोटाको नयाँ शोरुम, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको कम्पनीको दाबी




काठमाडौं । युनाइटेड टेडर्स सिण्डिकेटले आफ्नो सेवा बिस्तार गर्ने क्रममा ललितपुरको कुपण्डोलमा नयाँ शोरुम संचालनमा ल्याएको छ ।

नयाँ शोरुमको उत्घाटन भ्वइथका प्रेसिडेन्ट शुरज बैद्य र प्रबन्ध निर्देशक रितु सिंह बैद्यले संयुक्त रुपमा गरे । उक्त अबशरमा नयाँ गाडी खरिद गर्ने ७ जना ग्राहकलाई साँचो हस्तान्त्रण समेत गरियो ।

बिगत ८ बर्षदेखि टोयोटाका गाडि बिक्री गर्दै आएको इष्टलिंक मोर्टस प्रालिले उक्त शाखा संचालनमा ल्याएको हो । नयाँ शाखामा टोयोटाका विभिन्न मोडलहरुका गाडिहरु खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

‘बिषेतः आफ्ना ग्राहकको चाहनालाई मध्येनजर गर्दै शोरुम बिस्तार गरेका हौं’ कम्पनीका कार्यकारी निर्देशक राजेन्द्र पौडेलले भने ।

यो शो रुम अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको रहेको कम्पनीको दाबी छ । शो रुम भिजीट गर्न आउने ग्राहकले टोयोटाको अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप निर्माण भएको फिल गर्न पाउने पौडेलले दबी गरे । जहाँ बच्चा बच्चीको खेल्ने र रमाउने ठाँउ समेत निर्माण गरिएको छ ।

यस शोरुमबाट ग्राहकले ल्याड क्रुजर, प्राडो, र्याफो, हाइलक्स लगायतसबै किसिमका टोयोटा उत्पादनहरु खरिदगर्न सक्ने छन् ।


क्लिकमान्डु