सामाजिक सञ्जाल सगुनले २० मिलियन डलरको साधारण सेयर जारी गर्ने



काठमाडौं । गैरआवासिय नेपाली (एनआरएन) ले सञ्चालन गरिरहेको सामाजिक सञ्जाल सगुनले २० मिलियन अमेरिकी डलरब बराबरको मिनि आइपिओ जारी गर्ने भएको छ ।

एनआरएनले प्रवद्र्धन गरेको सगुन अमेरिकी कानुनअनुसार मिनि आइपिओ जारी गर्न लागेको सम्भवतः पहिलो सामाजिक सञ्जाल कम्पनी हुने बताइएको छ ।

सगुनको सेयरमा लगानी गर्न पाउने अवसरले अमेरिका, क्यानडा, जापान, बेलायत कोरीया, भारत र खाडी राष्ट्रमा रहेका एनआएन समुदाय उत्साहित देखिएका छन् ।

सन् २०१४ मा पचास सेन्ट रहेको प्रतिसेयर मूल्य मिनीआइपिओमा आउँदा २३ डलर पुगेकाले कम्पनीको सेयर किन्न लगनीकर्ताहरु उत्साहित भएको सगुनले जनाएको छ ।

सगुनले एनआरएनहरुलाई प्राथमिकतामा राखेर मिनि आइपिओ निष्काशन गर्ने जनाएको छ । मिनी आइपीओ जारी गर्नका लागि अमेरिकी ‘सेक्युरिटी एक्चेन्ज कमिसन’मा आवेदन दिइसकेको छ ।

अमेरिकाले सन् २०१२ मा प्राइभेट कम्पनीले पनि सर्वसाधारणबाट लगानी जुटाउन सक्ने कानुन ल्याएको थियो । त्यही कानुनको अधिनमा रहि स्टार्टअप कम्पनीको रुपमा सुरु भएको सगुन विश्वभरीबाट सर्वसाधारणको लगानी जुटाएर ग्लोबल कम्पनी बन्न लागेको हो ।

कस्तो सञ्जाल हो सगुन ?

‘कनेक्ट, शेयर, अर्न’लाई मूख्य स्लोगन बनाएको सगुन सामाजिक सञ्जालकै रुपमा आए पनि यसको प्रकृति भने अलग रहेको छ । झट्ट हेर्दा अहिले चर्चामा रहेका सामाजिक सञ्जाल फेसबुक, ट्वीटर जस्तै लागेपनि यसको प्रयोग गर्ने शैली भने भिन्न छ । फेसबुक र ट्वीटरले विशेषगरी स्टाटस र फोटो शेयर गरेर व्यक्तिलाई सेलिब्रेटी र लोकप्रिय बनाउने गर्दछ भने सगुनले भने ‘नलेज शेयर’ गर्ने र आफ्नो दैनिकी व्यवस्थापनलाई सहज बनाउने गर्दछ ।

यति मात्रै होइन, सगुनमा समय विताउने आफ्ना प्रयोगकर्तालाई उसले केही मात्रामा आम्दानी पनि गर्न वाड्ने नविनतम योजना ल्याएको छ । प्रयोगकर्ताले गरेको आम्दानी ‘डिजिटल सोसल स्मार्ट कार्ड’ मार्फत भुक्तानी पाउन सक्ने कम्पनीको योजनामा उल्लेख छ ।

मिनिआईपिओ के हो ?

मिनि आइपिओ एक प्रकारको आइपिओ ९प्रारम्भिक सार्वजनिक प्रस्ताव० नै हो । नीजिस्तरका कम्पनीहरुले अमेरिकी जब्स एक्ट २०१२ अनुसार प्रतिबर्ष सर्वसाधारणबाट ५० मिलियन डलर ९५ अर्ब रुपैयाँ० लगानी जुटाउन सक्छ । यहि प्रक्रिया अन्तर्गत हुने सार्वजनिक आह्वानलाई मिनिआइपिओ भनिएको हो ।

सगुनले मिनिआइपिओ मार्फत सगुनले यो बर्ष २० मिलियन डलर अर्थात २ अर्ब रुपैयाँ भन्दा बढी रकम सर्वसाधारणबाट उठाउने लक्ष्य राखेको छ । यसका लागि सगुनले कम्तीमा २९९ डलरको कम्तिमा १३ कित्ता शेयर खरिद गर्नुपर्ने शर्त राखेको छ । त्यसभन्दा माथि भने व्यक्ति इच्छा र क्षमता अनुसार लगानी गर्न सकिने बताइएको छ ।

तर, अमेरिकी मिनिआइपिओमा नेपालको आइपिओमा जस्तो पहिले इच्छुकहरुको लगानी प्रस्ताव लिने र पछि दामासाहीले बाड्ने भने हुँदैन । मिनि आइपिओमा तोकिएको न्यूनतम लगानीभन्दा बढी जति लगानी गर्योर त्यति मूल्यकै शेयर पर्छ । यसको मतलब दामासाहीमा नभई लगानीकर्ताले मागेजति शेयर पाउँछन् ।

कम्पनीले आफूले चाहेको लगानी उठ्नेवित्तीकै मिनिआइपिओ बन्द गर्नुपर्ने अमेरिकी नियम छ । तर, अमेरिकी नियम अनुसार कम्पनीमा लगानी गर्न चाहने मध्ये कसको लगानी स्वीकार गर्ने कसको स्वीकार नगर्ने भन्ने अन्तिम निर्णय गर्ने अधिकार कम्पनीको प्रवद्र्धकसँग हुन्छ ।

यसरी हुँदैछ ‘वाटर टेस्टिङ’

सगुनले मिनिआइपिओ जारी गर्ने दिन आउनुभन्दा अगाडि नै सगुनमा लगानी गर्न चाहने व्यक्तिलाई इच्छा जाहेर गर्न भनेको छ । यसरी सुरुमा नै लगानी गर्न चाहने व्यक्तिहरुको बारेमा बुझ्नुलाई ‘वाटर टेस्टिङ’ भनिन्छ ।

संगुनका संस्थापक गोविन्द गिरीले सगुनका सबै प्रयोगकर्तालाई इमेल नै पठाएर सगुनमा लगानी गर्न आह्वान गरेका छन् । बुधवारसम्म सगुनको  पेजमा १ हजार ५ सय भन्दा बढीले करिव २० लाख डलर लगानी गर्ने इच्छा व्यक्त गरिसकेका छन् ।


पुष्प दुलाल