एइसीसी ग्लोवल चितवनमा



एजुकेशन कन्सल्ट्यान्सी ‘एइसीसी ग्लोवल’ले चितवनमा शाखा विस्तार गरेको छ । यसअघि नेपालको काठमाडौं र पोखरामा सञ्चालनमा रहेको एइसिसि ग्लोवल चितवनमा समेत पुगेको छ ।

उपत्यका बाहीरका विद्यार्थीहरुलाई पढ्नका निमित्त विदेश जान सहजरुपमा शैक्षिकपरामर्श सेवा उपलब्ध गराउने उद्धेश्यले चितवनमा पनि सञ्जाल विस्तार गरिएको कम्पनीले जनाएको छ ।

शाखा उद्घाटन कार्यक्रममा व्राण्ड एम्वेसेडेर एवं कलाकार सुनिल थापा, अभिनेत्री निषा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

‘एइसीसी ग्लोवल’ विश्वका विभिन्न देशका २० शहरमा उपस्थित रहेको छ । यसले अस्टेलिया, न्युजिल्याण्ड, अमेरीका, क्यानडा, लगायतका देशहरुमा जान चाहने विद्यार्थीहरुका लागी उचीत परामर्श दिँदै आएको छ ।


क्लिकमान्डु