शप्तकोशीले शतप्रतिशत हकप्रद दिने



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताब गरेको छ । आज (बुधबार) बसेको बैंक संचालक समिति बैठकले यस्तो प्रस्ताव गरेको हो ।

संचालक समिति बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

बैठकको उक्त निर्णयलाई पारित गर्न बैंकले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ ।


क्लिकमान्डु