अब चपाएरै बियर खान पाइने !

0
Shares

bear

काठमाडौं । सानफ्रान्सिस्कोको रिग्रेन्ड नाम गरेको एक कम्पनीले बिएर ग्रानोला बार बनाएको छ । (धन्दा नमान्नुस् यसमा रक्सी भने मिसाइएको छैन)

‘बियर खानुहोस्’ भन्ने नाराका साथ कम्पनीले बियर बनाउँदा खेर जाने कच्च पदार्थहरु जस्तो गहुँ, चकलेट, समुद्री नुन (सि साल्ट) आदि कच्चा पदार्थ मिसाएर स्वादिलो चकलेट बार बनाएको हो ।

यस चकलेट बारमा फाइबर, प्रोटिनलगायतका पौष्टिक तत्वहरु रहने कम्पनीले जनाएको छ । चकलेट कफी र हनि आल्मोन्ड गरी दुइ स्वाद मा सो खाद्य पदार्थ उपलब्ध छ ।

बढ्दो जनसंख्यासँगै खाद्य पदार्थहरुको अधिकतम प्रयोग गर्नुपर्ने आजको विश्व परिस्थितिमा यस्ता सिर्जनात्मक प्रयोगहरु अत्यावश्यक भैसकेका छन् ।

Skip This