हात सफा राख्न २ पटक ‘ह्यापी बर्थडे टु यु’ गाउनुस्



happy_birthday

काठमाडौ । हात धुँदा दुईपटक ‘ह्यापी बर्थडे टु यु’ गायकमा हात सफा हुन्छ । हामी सँधै हात धुनु हुन्छौं तर कति समय हात धोए व्याकटेरिया र अरु किटाणु सफा हुन्छन् त भन्ने जानकारी हामीलाई थाहा नहुन सक्छ ।

यदि हात धुँदा दुई पटक ‘ह्यापी बर्थडे टु यु’ गित गाएको खण्डमा हात ठीक तरिकाले सफा हुन्छ । हातको व्याकटेरिया सफा हुन ३० देखि ४५ सेकेन्ड समय लाग्छ जुन समय भने दुई पटक ‘ह्यापी बर्थडे टु यु’ गाउनु जति नै हो ।

बेलायत सरकारको स्वास्थ्य मामलाका सल्लाहकारले दिएको उपाय हो यो । ‘यदि हात धुने बेलामा यो समयको ख्याल राख्न सकिएन भने संक्रमण हुने खतराको साथै एन्टिवायोटिकको प्रतिरोध गर्ने सम्भावना पनि बढाउँछ,’ ती सल्लाहकार भन्छन् ।

हात धुँदा ख्याल नगरिएमा रुघाखोकी र झाडापखाला जस्तो संक्रमण हुन सक्ने सम्भावना रहन्छ । यस्तो संक्रमणबाट बच्ने पहिलो र महत्वपूर्ण उपाय भनेको सहि तरिकाले हात धुने हो ।


क्लिकमान्डु