के अब छापा मिडिया धरासायी हुने नै भो त ?



print-media
काठमाडौं । एक पुर्वानुमान कम्पनीले सन् २०२० सम्ममा सामाजिक सञ्जालमा आउने कुल विज्ञापन खर्च पत्रपत्रिकाका आउने कुल विज्ञापन खर्चभन्दा बढी हुने भविष्यवाणि सार्वजानिक छ ।

इन्टरनेटको विस्तार र प्रविधिको विकासँगै सामाजिक सञ्जाल समाचार मञ्चको रुपमा तीब्र गतिमा स्थापित भइरहेको छ ।

एक विज्ञापन एजेन्सी जेनिथ अप्टिमिडियाले गरेको अध्ययनमा इन्टरनेमा हुने विज्ञापन खर्चको २० प्रतिशत रकम सामाजिक सञ्जालको माध्यमबाट हुने गरेको पाइएको छ । यो रकम सन् २०१९ सम्ममा ५० अर्ब डलरको हुने अनुमान गरिएको छ । जसअनुसार २०२० सम्म सामाजिक सञ्जालले पत्रपत्रिकालाई सजिलै उछिन्ने देखिन्छ ।

यस्तो विज्ञापन प्रवृत्तिले मिडिया उघोगलाई ठूलो धक्काको दिनेछ । परम्परागत शैलिको पत्रपत्रिकामा दिइने विज्ञापन अहिले कम्प्युटर र मोबाइलमा भेटिने वेबसाइट र अनलाइन पत्रिकाहरुमा भेटिन थाल्नु भनेको छापा मिडियाको चिन्ताको विषय भएको छ ।


क्लिकमान्डु