नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको टावर भयो डम्प टावर



trumptower-jpg_

काठमाडौं । अमेरिकाको न्यूयोर्क सहरमा अवस्थित नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रम्प टावर नाम परिवर्तन भएर डम्प टावर भएको छ ।

केही घण्टाका लागि परिवर्तन भएको ट्रम्प टावरको नाम डम्प टावर कसले राख्यो भन्ने खुलेको छैन । यो कार्य गुगलका कर्मचारीको हुनसक्ने शंका गरिएको छ ।

एविसी डटनेटएयुका अनुसार गुगलले यस घटनाप्रति क्षमा माग्दै  त्रृटि सच्याइको जनाएको छ ।

गुगल म्यापमा कुनै पनि ठाउँको नाम फेर्नु परेमा वा नयाँ राख्नु परेमा त्यसको लागि गुगलमा रिक्वस्ट पठाउनु पर्ने हुन्छ ।  गुगलले रिक्वस्टको आधारमा कुनै पनि ठाउँको नाम परिवर्तन गर्न सक्छ । यस घटनामा पनि कसैले ट्रम्प टावरको नाम परिवर्तनका लागि रिक्वस्ट पठाएकोे र गुगलले नाम परिवर्तन गरेको पनि हुनसक्छ ।dump-tower

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प एक व्यापारी हुन र न्यूयोर्कको म्यानहैटन शहरमा उनको आफ्नै नामको व्यापारिक टावर छ ।

गुगलले म्यापले आईतबार बिहान टावरको नाम ठिक बनाएको थियो ।

गुगल म्यापले गरेको त्रृटिको  स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । सामाजिक सञ्जालमा सक्रिए रहने ट्रम्पले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।


क्लिकमान्डु