केएल टावर सामान किन्ने ग्राहकलाई बाइक र स्कुटर उपहार



kl-tower-prize

काठमाडौं । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको उपहार योजनाको बम्पर उपहार बितरण गरेको छ । शनिबार एक कार्यक्रमकाबीच उपहार कार्यक्रममा सहभागी तीन जनालाई टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, जेष्ट स्कुटर तथा थाइल्याण्डको बैंङ्कक भ्रमणको प्योकज बितरण गरेको हो ।

टावरले उपहार योजनाअन्तरगत एक हजार रुपैंयाभन्दा बढीको सामान खरीद गर्नेलाई उपहार कुपन उपलब्ध गराएको थियो । यसरी ग्राहकले उपहार योजनामा राखेका १२ हजार बढी कुपनहरुबाट विजेता सरिता गुरुङलाई टिभिएसको अपाची आरटिआर मोटरसाइकल प्रदान गरिएको छ ।

त्यसैगरी लोप्साङ्गले टिभिएस जेष्ट स्कुटर हात पारेका छन् भने अनिता श्रेष्ठले चार रात पाँच दिनको बैङकक भ्रमणको प्याकेज जितेकी छन् । उपहार योजनाका विजेताहरुलाई टिभिएस नेपालका उपाध्यक्ष दीपक अग्रवाल, के एल टावरका प्रबन्धक रमेश कक्षपतिले संयुक्त रुपमा उपहार वितरण गरेका थिए ।

रमाइलो दसैँ-तिहार नाम दिइएको योजनामा सहभागी भएका ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाएका थिए । जसमा दैनिक उपहार योजनाअन्तरगत ३५ जनाले जेडटिईको स्मार्ट फोन, ४० जनाले एफक्युबको सिनेमा टिकट, ६० जनाले शपिंग भौचर पाएका छन् । त्यसैगरी गोदरेज ब्राण्डका टेलिभिजन सेट, वासिंग मेसिन, रेपि|mजिरेटर, माइक्रो ओभन तथा टाइमेक्स घडी एक-एक जनाले हात पारेका छन् ।

दशैं तिहारमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवर्द्धनका लागि यो योजना ल्याइएको हो । असोज १० गते सुरु भएको उपहार कार्यक्रम कात्तिक २७ गतेसम्म चलेको थियो ।


क्लिकमान्डु