फेसबुक म्यासेन्जरमा अब गेम खेल्न मिल्ने, कसरी खेल्ने ?



facebook

काठमाडौं । फेसबुकको म्यासेन्जर एप्समा अब गेम खेल्न मिल्ने भएको छ । कम्पनीले सुरुवात गरेको नयाँ फिचरमा कुराकानीको दौरान गेम पनि खेल्न सकिन्छ । यो रियल टाइम मल्टिप्लेयर गेम हुनेछ जसलाई दुई वा दुईभन्दा धेरै मानिसबीच एकसाथ खेल्न सकिन्छ ।

फेसबुकले यो गेमको नाम इन्स्टान्ट राखेको छ । यसमा धेरै गेमहरु रहेका छन् । यो गेम एकदमै छिटो र एक क्लिकमा खुल्ने कम्पनीले दाबी गरेको छ ।

फेसबुकले यो गेम मार्फत म्यासेन्जर प्रयोगकर्ता आफ्नो धेरै भन्दा धेरै समय म्यासेन्जरमा बिताउन भन्ने चाहना स्वरुप यो फिचर ल्याएको हो । अबस्य पनि प्रयोगकर्ताहरु गेम खेल्नमा केन्द्रित भएमा म्यासेन्जरको प्रयोग समय वृद्धि हुनेछ ।

अहिलेलाई भने फेसबुकले इन्स्टान्ट गेमिङको सुरुवात ३० देशमा एन्ड्रोइड र आइफोनमा उपलब्ध गराएको छ । यसका लागि नयाँ भर्सनको म्यासेन्जर डाउनलोड गर्नु पर्ने हुन्छ या पूरानोलाई प्ले स्टोरबाट अपडेट गर्नुपर्छ ।

गेम कसरी खेल्ने ?

नयाँ भर्सनको फेसबुक म्यासेन्जरको च्याट बक्स तल एक गेम कन्ट्रोलरको आइकोन रहेको हुन्छ । जसमा क्लिक गरेपछि तपाईका अगाडि गेमको लिस्ट देखाउँछ । त्यहाँ कुनै पनि गेम छनोट गर्न सकिन्छ ।

त्यसपछि आफ्नो इच्छा अनुरुप यस गेम जुन व्यक्तिसँग खेल्न चाहनुहुन्छ, उसको नाम सेलेक्ट गरेर उसलाई च्यालेन्ज गर्न सकिन्छ । यसका लागि इन्टरनेट कनेक्सन आवश्यक पर्छ, यो अफलाई खेल्न सकिदैन ।


क्लिकमान्डु