महिलाले काम नगर्दा १२ खर्ब डलरको नोक्सान



jobकाठमाडौं । श्रम बजारमा भइरहेको लैङ्गिक असमानताका कारण विश्व अर्थतन्त्रमा ठूलो असर परिरहेको तथ्य खुलेको छ । विश्व मानव संस्थान परमर्श संस्था ‘ मर्कर’ ले गरेको एक अध्ययनले श्रम बजारमा नभएको शिक्षित महिलाहरुले विश्व अर्थतन्त्रमा १२ खर्ब डलर बराबरको योगदान गर्न सक्ने तथ्य उजागर गरेको छ ।

सन् २०१४ देखि ‘ मर्कर’ अध्ययन थालेको जसमा ४२ देशका ६ सय संघ संस्थाका ३२ लाख कामदार समावेश गरिएको थियो ।
अध्ययन अनुसार महिलाहरु हेल्थ केयर लगाएत विभिन्न वित्तिय सेवाका प्रमुख उपभोक्ता हुन् । यस कारण विभिन्न कम्पनीहरुले आफ्ना उत्पादनहरु यहि वर्गलाई लक्ष्क्षि गर्ने गरेका छन् । तर बेरोजगार महिलाहरुको क्रय शक्ति कम भएर कारण यस्ता कम्पनीहरुको उत्पादकत्व र देशकै कुल ग्राह्स्थ उत्पादनमा कमि आएको छ ।

यसले लैङ्गिक भेदभाव राजनीतिक र सामाजिक समस्या मात्र नभई ठूलो आर्थिक समस्या समेत भएको पुष्टि भएको छ ।


क्लिकमान्डु