आउने भयो बुटवल पावर कम्पनीको ४१ लाख कित्ता एफपिओ



fpo
काठमाडौं । बुटवल पावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० लाख ८१ हजार कित्ता अर्थात् ४० करोड ८१ लाख रुपैयाँ बराबरका फरदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भएको छ । त्यसका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कम्पनीले जारी गर्नेमध्ये ५ प्रतिशत अर्थात् २ लाख ४ हजार ५० कित्ता स्थानीय बासिन्दालाई दिने कम्पनीले जनाएको छ । स्थानीयका बासिन्दाका लागि छुट्याइएको सेयर आँधिखोला जलविद्युत केन्द्र र झिमरुक जलविद्युत केन्द्र आसपासका जनताले मात्रै पाउने छन् ।


क्लिकमान्डु