चीनमा पनि फेसबुक चलाउन गोप्यरुपमा सफ्टवेर बनाइँदै



facebook
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले चीनका लागि गोप्यरुपमा सफ्टवेर बनाइरहेको खुलेको छ । जुन सफ्टवेर एक्टिभ भएपछि मानिसहरुले फेसबुक वालमा पोष्ट गरेको विषय न्युज फिडमा देखिनबाट रोक्न सक्ने अमेरिकी पत्रिका दि न्युयोर्क टाइम्सले जनाएको छ ।
न्युयोर्क टाइम्सका अनुसार फेसबुकका हाल कार्यरत तथा पूर्वकर्मचारीहरू गरी ३ जनाले यस्तो सूचना लिक गरेका हुन् । तर, कस्ले यो सूचना लिक गरे भनेरचाहिँ गोप्य राखिएको छ ।

चीनमा अहिले पनि फेसबुक प्रतिबन्धित छ । यो सफ्टवेर बनाउनुको मुख्य कारण चीनमा पनि फेसबुकको प्रभाव विस्तार गर्नु हो । फेसबुकले आफैं भने पोस्टहरु रोक्ने छैन । चिनियाँ साझेदार कम्पनीले उक्त सफ्टवेयरमार्फत् मानिसहरूले पोस्ट तथा सेयर गरेका चीजहरु देखाउने वा नदेखाउने भन्ने अधिकार राख्नेछ ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गको इच्छाअनुसार नै कर्मचारीहरुले यस्तो सफ्टवेरको विकास गरेका हुन् । फेसबुकले सरकारको आग्रहलाई स्वीकार गर्दै यसअघि पाकिस्तान, टर्की तथा रसियाजस्ता देशहरूबाट आएका पोस्टहरु पनि रोक्दै आएको छ ।


क्लिकमान्डु