फोटोकपी गरिएको नोटले वियर !



200-ic-noteभारतमा ५ सय र १ हजारका नोट नचल्ने गरि २ हजारको नयाँ नोट सुरु गरेको मौकामा एक २४ वर्र्षिय युवकले २ हजारको जाली नोट प्रयोग गर्ने प्रयास गरेका छन् ।

मुम्बई निवासी तुसार चिल्लेले २ हजारको नोटलार्य रङ्गिन कागजमा फोटोकपी गरि पसलेलाई झुक्याउने प्रयास गरेका हुन् । जाली नोटले वियर किन्ने प्रयास गर्दा उनी प्रहरीको फन्दामा परेको भातीय सञ्चारमाध्यमहरुले जनाउका छन् ।

२ हजारको नोट नयाँ भएको र बजारमा पनि सिमित संख्यामा मात्र उपलब्ध भएको र धेरै मानिसले नदेखेकाले पसलेलाई सजिलै झुकाउन सकिन्छ भन्ने उनको अनुमान थियो । यसका अलवा २ हजारका नक्कली नोटहरु बजारमा आएका अरु घटनाहरु पनि सुनिन थालेका छन् ।


क्लिकमान्डु