राष्ट्र बैंकले सोमबार सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने



dollar२८ कात्तिक, काठमाडौं । नगद डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले सोमबार सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने भएको छ । सिल्क एयर चार्टड गरेर सोमबार दिउसो १२ बजे अमेरिकी डलर नेपाल भित्रयाइने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले क्लिकमाण्डुलाई बताए ।

राष्ट्र बैंकले सिंगापुरस्थित सीआइएम बैंकमा आफ्नै खातामा मौज्दात रहेको अमेरिकी डलर ल्याउन लागेको हो । राष्ट्र बैंकले विदेशबाट यसरी जहाज नै चार्टड गरेर डरल ल्याएको पहिलोपटक हो ।

सिंगापुरको सीआइएम बैक र राष्ट्र बैंक बैंकबीच गत असोज ६ गते नै कात्तिक ३० गतेसम्ममा १ करोड डलर नेपाल भित्र्याउने सम्झौता भएको थियो ।

‘कात्तिकभरमा डलर ल्यासक्नेगरी सम्झौता भएको थियो । सोही सम्झौता अनुसार सोमबार अमेरिकी डलर नेपाल भित्रिँदै छ,’ सहप्रवक्ता पण्डितले भने ।

पण्तिकाअनुसार १ करोड डलर भित्रिइसकेपछि राष्ट्र बैकसँग रहने डलर मौज्दातले करिब ८÷९ महिना पुग्नेछ । डलर ल्याउँदा २३ हजार डलर अर्थात २३ लाख नेपाली रुपैयाँ खर्च राष्ट्र बैकले नै व्यहोरर्ने छ ।

रेमिट्यान्स र पर्यटक नबढ््दा देशमा नगद लडरको हाहाकार नै भएको थियो । तर, कार्डमार्फत भने सर्वसाधारणले तोकिएको सीमाभित्र रहेर डलरको उपलब्ध गराउँदै आएको छ ।

पर्यटकीय सिजन सुरु भइसकेकाले पर्यटक आगमन पनि बढिरहेको र राष्ट्र बैंकले पनि डलर ल्याएकाले अब बजारमा नगद डलरको पनि अभाव नहुने पण्तिले जानकारी दिए ।


क्लिकमान्डु