रसुवागढी हाइड्रोले छिट्टै काम थाल्ने



rasuwagadhi

काठमाडौं । भुकम्पले निर्माण कार्य ठप्प भएको १ सय ११ मेगावट रसुवागढी हाइड्रोले मङसिर दोस्रो साताबाट निर्माण सुचारू गर्ने भएको छ । ३० प्रतिशत निर्माण सम्पन्न भइसकेको यो आयोजना भूकम्प र नाकाबन्दी पछि अलपत्र परेको थियो ।

लामो समय निर्माण अवरुद्द भएपछि सन २०१७ भित्रै सम्पन्न लक्ष्य राखिएको आयोजना दुई वर्ष पछाडि धकेलिएको छ । नयाँ लक्ष्य अनुसार सन २०१९ मा मात्र आयोजना सम्पन्न हुने आयोजनाले जनाएको छ ।

चिलिमे हाइड्रोको सब्सिडायरी कम्पनीको रूपमा अगाडि बढेको आयोजनामा चिलिमेको ३३ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १८ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत लगानी रहेको छ ।


क्लिकमान्डु