गुगलको डेभफेस्ट काठमाडौं हुँदै



11

गुगल डेभलपर ग्रुप काठमाडौंले शनिबार ‘डेभफेस्ट काठमाडौं २०१६’ को आयोजना गर्दै छ । काठमाडौं थापाथली स्थित ट्रेड टावरमा ग्रुपले डेभफेस्ट २०१६ को आयोजना गर्ने तयारी गरेको हो । जिडीजी डेभफेस्ट गुगलको समुदाय लक्षित कार्यक्रम हो जसमा सम्बन्धित विषयका ज्ञाताहरुले गुगलका प्रविधिमा सहभागीहरूलाई विस्तृत जानकारी दिनेछन् । आउँदो शनिवारको एक दिने कार्यक्रमले वक्ता सेरिज, अल डे ह्याकाथन, कोड ल्याब समेट्ने छ । गगलको ग्लोबल डेभलपर भेटघाट हरेक बर्ष सेप्टेम्बर १ देखि नोभेम्बर ३० सम्म चल्छ ।

गुगलले प्रयोग गर्ने प्रविधिको बारे सहभागीलाई जानकारी दिनु जिडीजीको मुख्य उदेश्य रहने छ । कार्यक्रममा गुगलको मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइड, एप इन्जिन, कोड ल्याब आदिका बारेमा जानकारी दिइने छ ।

यसपालीको डेभफेस्ट दुई चरणमा सञ्चालन हुने छ । पहिलो सेसनमा भर्चुअल रियालिटी, स्पिकर सेरिज, बारक्याम्प रहने छन् । दोश्रो चरणमा रस्बेरी पाई, सामाजिक कोडिंङलाई प्रोत्साहित गर्ने गीत सेसन, सेन्सीङ स्पेस, इन्ग्रेस, गुगल ड्राइभ, थ्रीडी प्रिन्ट र अन्य प्रविधि रहने छन् ।


क्लिकमान्डु