सामसुङमाथि अर्को सङ्कट, २८ लाख वासिङ मेसिन फिर्ता मागियो



washing

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले फेरी अर्को ठूलो सङ्कटको सामना गर्नु पर्ने भएको छ । महत्त्वाकाङ्क्षी स्मार्टफोन नोट ७ बाट ठुलो झन्डा झड्का बेहोरेको सामसुङले बिक्री भइसकेका २८ लाख वासिङ मेसिन पनि फिर्ता मागेको छ ।

सामसुङले सन २०११ देखि अहिलेसम्म बिक्री गरेका ३४ मोडलका वासिङ मेसिनमा अत्यधिक भाइब्रेसन र माथिल्लो भाग उछिट्टिने समस्या देखिएपछि कम्पनीले सुरक्षाका लागि ग्राहकहरूबाट मेसिन फिर्ता मागेको हो । हालसम्म ६ सय ३३ जनाले वासिङ मेसिनको माथिल्लो भाग उछिट्टिएर घाइते समेत भएको रिपोर्ट गरिसकेका छन् ।

अमेरिकी कन्जुमर प्रोडक्ट सेफ्टी कमिसनले सामसुङका ‘टप लोडेड’ मेसिन प्रयोग नगरी तत्काल सामसुङलाई सम्पर्क गर्न सुझाएको छ । यस्तो समस्या ‘फ्रन्ट लोडेड’ मेसिनमा भने नदेखिएको भन्दै सामसुङले असुरक्षित मोडल नम्बर सार्वजनिक गरेको छ ।

अमेरिकी ग्राहकका लागि साससुङले मेसिन फिर्ता गर्ने देखि घरमै आएर मर्मत गरि दिनेसम्मका विकल्प दिएको छ । अमेरिका बाहिरका मुलुकमा बिक्री भएका मेसिनमा त्यस्तो समस्या छ वा छैन भन्ने चाँहि रिपोर्टमा खुलाइएको छैन् ।

ब्याट्री पड्किने र अत्याधिक तान्ने समस्या समाधान गर्न नसकेर सामसुङले बिक्री भइसकेका २५ लाख भन्दा बढि नोट ७ स्मार्ट फोन फिर्ता मागेको घटना सेलाउन नपाउँदै कमप्नीको अर्को प्रोडक्ट माथि आएको समस्याले थप संकट गहिरिने देखिएको छ ।

यी हुन असुरक्षित मोडलहरू

[table id=2 /]


क्लिकमान्डु