राम्रो सेल्फी आएन? यी हुन जान्नै पर्ने ८ कुरा



seflie

धेरै मोबाइल कम्पनीहरूले आफ्नो पछिल्लो उत्पादनहरूमा सेल्फीलाई बढी फोकस गरिरहेका छन् । प्रयोगकर्ताहरूको सेल्फी र विफी तर्फ आकर्षक बढेको कारण मोबाइल कम्पनीहरूले सेल्फी फोटो आकर्षक खिच्ने मोबाइल सेटहरू बजारमा ल्याइरहेका छन् ।

दसैं र तिहारको अवसर पारेर नेपालमा पनि धेरै राम्रा सेल्फी खिच्ने मोबाइल सेटहरू आए । ती सेटहरू तपाईहरू मध्ये धेरैले किन्नु भयो होला । किन्नु भएका मध्ये पनि धेरैले राम्रा सेल्फी खिच्नुभयो भने कतिले राम्ररी खिच्न सक्नुभएको छैन होला । यदी तपाईले सेल्फी राम्ररी खिच्न सक्नुभएको छैन भने सेल्फी खिच्दा यि कुराहरूलाई ध्यान दिनुभयो भने तपाईँले आफ्नो आकर्षक सेल्फी फोटो खिच्न सक्नुहुने छ ।

१. क्यामेराको पोजिसन

कुनैपनि फोटो खिच्दा क्यामेराको पोजिसन ठिक हुनुपर्छ । त्यसैले सेल्फी लिदाँ यदी तपाईले आफ्नो अनुहार भन्दा तल क्यामेरा राखेर फोटो खिच्नु भयो भने तपाईँको अनुहार मोटो आउँछ । त्यसैले आँखा भन्दा केही माथि राखेर फोटो लिनु भयो भने पहिलाको तुलनामा धेरै आकर्षक फोटो आउँछ ।

२. सेल्फी स्टिकको प्रयोग

सेल्फी लिँदा सकभर सेल्फी स्टिकको प्रयोग गर्दा राम्रो हुन्छ । अहिले बजारमा धेरै मोबाइल बिक्रेताहरूले मोबाइल किन्दा सेल्फी स्टिक उपहारको रुपमा दिन्छन् भने बजारमा सेल्फी स्टिकको मुल्य ५ सय देखि सुरु पनि हुन्छ । सेल्फी स्टिकको प्रयोग गर्दा फोटोमा धेरै व्यक्ति अटाउन मिल्छ भने तपाईँले ब्याकग्राउण्डको दृष्यलाई पनि कैद गर्न सक्नुहुन्छ ।

३. ब्याकग्राउण्डको सहि छनोट

सेल्फी लिँदा तपाईको अनुहारसँगै पछाडिको भाग पनि आउँछ । हो त्यो पछाडिको भाग आकर्षक भएमा फोटो अझ राम्रो देखिन्छ । त्यसैले सेल्फी लिँदा पछाडिको भागको पनि ख्याल गर्ने गर्नुहोस् ।

४. जुम नगर्नुस्

सेल्फी लिदाँ क्यामेरालाई जुम गर्नु हुँदैन । जुम गर्दा फोटोको क्वालिटी कम हुन्छ र फोटोमा थोप्ला (डट)हरु बढी आउँछ । मोबाइल फोनमा डिजिटल जुम हुन्छ यसको प्रयोग कम गर्नु नै राम्रो हुन्छ । यदी अप्टिकल जुम छ भने जुम गर्दा धेरै फरक पर्दैन ।

६. हेभी मेकअप नगर्ने

धेरै मेकअप गरेको अवसरमा सेल्फी लिने मुड धेरैको हुन्छ । यस्तो अवस्थामा सकभर सेल्फी नलिनु राम्रो हुन्छ । हेभी मेकअप भएको अवस्थामा सेल्फी लिनुभन्दा हल्का मेकअप भएको बेला लिएको फोटो राम्रो देखिन्छ ।

७. लाईटलाई ध्यान दिने

फोटो राम्रो आउने भनेकै लाइटको सहि संयोजन हुँदा हो । यो कुरा सेल्फी लिदाँ पनि हुन्छ । सेल्फी लिदाँ प्रयोग हुने फ्रन्ट क्यामेरामा फ्लास लाईट कमै हुन्छ त्यसैले वरिपरिको लाईट पर्याप्त छ भने मात्र लिनु राम्रो हुन्छ । यदि लाईट तपाईको पछिल्लो भागबाट आएको छ भने यस्तो अवस्थामा सेल्फी नलिएकै राम्रो हुन्छ ।

८. तन्किने नगरौं

सेल्फी लिदाँ यदी तपाई तनक्क तन्किने गर्नु हुन्छ भने त्यो बानीलाई हटाउनुस् । फोटो खिच्दा तपाई जति आफूलाई आरमदायी बनाउनुहुन्छ फोटो त्यति नै नेचुरल पनि आउँछ । सेल्फी लिँदा तपाईले आफुलाई स्क्रिनमा पनि देखि रहेको हुनुहुन्छ । यस्तो अवस्थामा आफूलाई फ्रेम भित्र पार्न हल्का दायाँ वा बायाँ ढल्किनु भयो भने फोटो नेचुरल आउँछ ।


क्लिकमान्डु