धार्मिक स्थलहरुमा कामना सेवा विकास बैंकको सरसफाई

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ । धार्मिक स्थलहरूको महत्वलाई ध्यानमा राख्दै, कामना सेवा विकास बैंकले मन्दिरहरूको सरसफाइ र संरक्षणका

हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध

काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ । एकसय किलोवाट क्षमताको

एमाले सांसद ऋषिकेशकी श्रीमती जोडिएको सहकारी ठगीमा १० जनालाई पक्राउ पुर्जी, अञ्जलाको नाम परेन

विराटनगर । जिल्ला अदालत मोरङले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल जोडिएको उमागौरी कृषि सहकारी सस्थाका अध्यक्षसहित १० जनालाई पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जीमा पोखरेल पत्नी अञ्जला

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

सुनसरी । सुनसरीस्थित सशस्त्र प्रहरी बल-४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल-४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार

ओली सरकारको राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा, साढे दुई वर्ष सार्वजनिक खरिदमा भाग लिन नपाउने

काठमाडौं । बहालवाला ऊर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ को कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले कान्छाराम/एनबी जेभीलाई कालोसूचीमा राखेको हो । कान्छाराम कन्स्ट्रक्सन राज्यमन्त्री पूर्ण

धनगढीको मुख्य बजारमा इन्धन डिपोले स्थानीय त्रसित, पुनर्वासमा सार्न ढिलाइ

धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर

नारायणगढ–मुग्लिन सडकमा दुईवटा बस ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज

मृग भनेर हानेको गोली साथीको छातीमा लागेपछि…

खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । बिहीबार

बन्चरोले हानेर श्रीमानद्वारा श्रीमतीको हत्या

दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको