यस कारण आवश्यक छ बैंकहरुको बिग मर्जरः गभर्नर डा. चिरञ्जीबी नेपालको बिचार



जनताहरुले विश्वास गरेर तपाईहरुको बैंकमा पैसा राखेका छन् । जनताले तपाईहरुलाई विश्वास गरेका छन्, तपाईहरुलाई विश्वास गर्नुमा राष्ट्र बैंकले लाइसेन्स दिएको छ । बैंकमा असल मान्छे छन्, यी असल मान्छेहरुले मेरो पैसालाई दुरुपयोग गर्दैन भन्ने छ । यदि त्यो पैसा दुरुपयोग भयो भने त्यो विश्वासलाई जोगाउने सरकारको जिम्मेवारी हुन्छ । यो नेपालमा मात्रै हैन संसारमा नै हो ।

बैंक र वित्तीय संस्था भनेको जनताको सम्पति हो, त्यो हामीले स्पष्टरुपमा बुझ्नै पर्छ । जनताको सम्पतिलाई आफ्नो मनलाग्दी गर्न पाईदैन । मैले सबै ठाँउमा सञ्चालकलाई भन्ने गरेको छु ।

कि तपाईहरुले आफ्नो व्यापार व्यवसाय गर्नुहोस्, व्यक्तिको व्यापार व्यवसाय डुबे कसैले मतलब नगर्ला, बैंकबाट पैसा लिएको छ भने बैंकले जग्गा लिलाम गर्ला तर बैंक डुब्दा निर्दोश जनताको पैसा डुब्ने हुनाले त्यसलाई जोगाउनु पर्छ । यो हाम्रो कर्तव्य हो । बैंक तथा वित्तीय संस्था डुब्न नदिन नै संसारभर नियमन निकाय राखेको हो । सेन्ट्रल बैंक हुन्छ ।

हरेक देशमा एउटा सेन्ट्रल बैंक हुन्छ । जसले समय समयमा अन्तर्राष्ट्रियस्तरमा देखिएका परिर्वतन, परिस्थिति र राष्ट्रिस्तरमा देखिएका परिस्थितिलाई समावेश गरेर विभिन्न निर्देशन नीतिहरु निकाल्छ । तीन नीति र नियमहरु देशभित्रका लागि पनि सुहाउने र अन्तर्राष्ट्रियस्तरलाई पनि सुहाउने हुन्छ ।

विकास बैंक डाइरेक्टर यही नै हुनुहुन्छ । नियमनको एक्जुकेटिभ निर्देशक पनि यहीँ हुनुहुन्छ । त्यसले गर्दा खेरी यो स्पष्ट के छ भने तपाईहरुले राम्रो गर्नु भएको छ । र आगामी दिनमा अझै राम्रो गर्नुहोस भन्ने कामना छ ।

हामीले तपाईहरुले लगानी गरेका क्षेत्रहरुलाई पनि हेर्छौ, कसरी गर्नु हुन्छ त्यो पनि हेर्छौ र लगानी सहि भएको छैन र सही नहुँदा पनि राष्ट्र बैंकले हिजोका दिनमा पनि कारबाही गरिरहेको थियो । भोलिका दिनमा पनि कारबाही गर्छ ।

किनभने यो जनताको पैसा हो । तपाईहरुले बैंक खोल्नु भयो । लाइसेन्स पाउनु भयो भने जति उठाउनुहुन्छ बजारबाट अर्थात जनताले विश्वास गरेको छ भने जति पनि पैसा उठाउनुहोस । तर त्यसरी उठाएको पैसा सही ठाउँमा सही क्षेत्रमा देश विकासका लागि सहयोग पुग्ने तरिकाले लगानी गर्नुहोस र नेपाल राष्ट्र बैंकले दिएको निर्देशनलाई मान्नुहोस । नियमनलाई मान्नुहोस भनेर हामीले लाइसेन्स दिएको हो ।

मैले सधै नै भन्ने गरेको छु भने यो तपाईको घरको सम्पत्ति होइन । यो जनताको लगानी हो त्यसैले राम्रोसँग लगानी गर्नुपर्छ । त्यसैले त्यो सञ्चालन गर्दा सिइओहरुलाई प्रेसर पनि दिनु हुँदैन, तपाईले नियमन र नेपाल राष्ट्र बैंकको निर्देशनभित्र रहेर गर्ने वित्तिकै सही ठाउँमा लगानी पनि हुन्छ र सही व्यक्तिलाई पनि लगानी जान्छ । र सही व्यक्तिले आर्थिक क्रियाकलाप वृद्धि गरेर देश विकासमा सहयोग पनि पुर्याउँछ । त्यसकारणले गलत हुने वित्तिकै नेपाल राष्ट्र बैंकले कारबाही पनि गर्छ ।

त्यसैले बैंकमा लगानी गरेर कमाउँछु भन्ने छ भने त्यो हुँदैन् । व्यक्तिगत कुनै व्यापार गर्नुहोस । बैंक छोड्नुहोस । भोलि बैंक डुब्यो भने कस्ले लिन्छ ?

अहिलेको अवस्था प्रविधिको ठूलो हात रहन्छ । उदाहरणका लागि १० वटा बैंकलेले ५०/५० करोडहरु राखेर आईटीमा खर्च गरेका छन् । १० वटा बैंक मिल्यो भने ५० करोड मात्रै लाग्ने भयो । बढीमा १ खर्ब । आईटीमा निकै ठूलो खर्च छ अहिले ।

सबैभन्दा ठूलो चूनौति भनेको आईटीको च्यालेञ्ज हो । फाइनान्सियल टेक्नोलोजीले अहिले संसारभरी नै चूनौती थपिएको छ । र, त्यो चूनौतिलाई पनि हामीले स्वीकार गर्नुपर्ने अवस्था छ । हामी अविकसित छौं भनेर पछाडि हट्न पाइँदैन् । संसारमा पैसा चलाउने हो भने तपाईले अन्तर्राष्ट्रियस्तरमा चलेको कुरा हामीले पनि स्वीकार गर्नैपर्छ ।

त्यसैले नीतिगत आधारहरु बेला बेलामा परिवर्तन भइरहन्छ । निजीमा पनि टेक्नोलोजीले प्रेसर दिँदा परिवर्तन हुँदै जान्छन् । हिँजोका दिनमा १०/१५ प्रतिशत फाइनान्सियल साक्षरता थियो । हामीले फाइनान्सियल साक्षरतालाई पहुँचका आधारमा सबै ठाउँमा पुर्याएर आर्थिक क्रियाकलाप बढाउनुपर्छ भन्ने हिसाबले हिजोका दिनमा खोलिएको हो ।

अहिले सबै ठाउँमा संस्थाहरु पुगे । जसले गर्दा बलियो हुनुपर्छ । धेरै छरिएर बलियो हुुनुपर्छ । धेरै छरिँदा कम बलियो भए । त्यसमा अहिले फेरि प्रविधिको चूनौति पनि थपियो । पैसा सयौं ठाउँमा कारोबार हुने भयो । संस्था धेरै हुँदा कस्ट अफ क्यापिटल ठूलो भयो । यसले धेरै ठाउँमा असर गर्यो ।

अहिले त ७५३ स्थानीय तहमा ७२८ वटामा पुगिसक्यो । अब जम्मा २५ स्थानीय तहमा मात्रै पुग्न बाँकी छ र ती ठाउँहरुमा पनि अब पुग्छ । अब वित्तीय स्थायित्वलाई बलियो बनाउनुपर्छ । फाइनान्सियल टेक्नोलोजीलाई अपनाएर आधुनिकिकरणतर्फ लैजानुपर्छ । र स्थानीय तहसम्म नै शाखा विस्तार गर्नुपर्छ ।

यसले तपाईहरुलाई खर्च पनि कम हुन्छ । एक आपसलाई प्राप्ती गर्नका लागि खर्च हुन्छ । प्रविधिलाई सस्तो दरमा प्रयोग गर्न सकिन्छ । शाखाहरुलाई समाहित गरेर सरकारको वित्तीय साक्षरतालाई बढाउन पनि सकिन्छ ।

अब तपाईहरु जस्तो बैंकले १/२ वटा बैंक लिओस । जसले गर्दाखेरी बलियो बनोस । १/२ करोड बजारमा डुब्दा बैंकमा सेयरधनी र लगानीकर्ता लाइन लाग्ने अवस्था नआओस । त्यसकारणले बैंक बलियो हुँदा धेरै फाइदा हुन्छ ।

वाणिज्य बैंक २ अर्बबाट ८ अर्ब रुपैयाँ भयो । विकास बैंकहरु पनि सक्षम भइसकेका छन् । तपाईहरुले आफ्नो क्षमता बुझिसक्नु भएको छ । र, अर्को कुरा नेपाल सानो देश, एकले अर्कोलाई राम्रोुसँग चिनेको हुन्छ । जति समस्या ठूलो जनसंख्या भएको देशमा मर्ज गर्दा जति समस्या पर्छ, हाम्रो जस्तो सानो देशमा मर्ज गर्दा अत्यन्तै न्यून हुन्छ ।

एउटा छ बैंकर ट्रेनिङ इस्टिच्युट त्यहीबाट तालिम लिएका फाइनान्स, विकास बैंक, वाणिज्य बैंकमा त्यहीबाट लिएको तालिम हो । विदेशमा जस्तो हुँदैन । प्रणाली सिकाउने पनि एउटै हुन्छ । त्यसैले यहाँ १७१ वटा मर्ज भएर ४३ वटा बाँकी भएका छन् । अरु सबैको दर्ता खारेज भइसकेको छ । र, हामीले त्यो समस्या देखेका छैनौं ।

हामीलाई सबै थाहा भएले मर्जरमा जाँदा समस्या हुँदैन । सस्कृति मिल्दैन, गाह्रो हुन्छ भन्नु तर्कसंगत छैन् । अहिले देखि नै सकियो, ३ वर्षको अवधिमा एक आपसमा मर्ज भए । ८९ विकास बैंकहरु थिए । अहिले मर्जरमा जाँदा संख्या घटिरहेको छ । त्यो पनि बलियो भएर । अत्यन्तै मजबुद भएर ।

मर्जरकै कारणले अहिले जत्रो आँधीहुरी आए पनि केही हुनेवाला छैन् । प्रविधिका रुपमा, कर्जा विस्कारका रुपमा, सक्षमता, सुशासन हरेक चिजमा मजबुद भएर आएका छन् । त्यसैले समय परिस्थिती अनुसार चल्नुपर्छ ।

अहिले पनि अन्तर्राष्ट्रियस्तरमा अत्यन्तै महंगो भएको र फाइनान्सियल साक्षरताको कुरा उठ्छ । कहिले ह्याक हुन्छ । जनताको पैसा सिधै निकालेर लगेको थाहा नै हुँदैन् । यसका लागि ठूलो लगानी गरेर नयाँ टेक्नोलोजी ल्याउनुपर्ने हुन्छ । त्यसका लागि नीतिगत कुरामा सुधार गर्दै लैजाने हो । केन्द्रीय बैंकको काम नै त्यही हो ।

भोलिका दिनमा विदेश जाँदा हाम्रो शाखा पनि छ भन्न पाइयोस् न । त्यो क्षमता विकास हुनुपर्छ । त्यसकारणले पनि मर्जरको आवश्यकता छ । त्यसैले अरु पनि सक्नुहुन्छ भने लिनुहोस् । ६ वटा त लिइसक्नु भयो । त्यसैले भोलिका दिनमा अझै सक्षम भएर जाओस । र, आफूलाई प्रमाणित गर्नुहोस् ।

(देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक एक्वायरपछिको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा गभर्नर डा. नेपालले ब्यक्त गरेको बिचार)


पुष्प दुलाल