महिला मजदुरकै भरथेगमा पूर्वका ठूला उद्योग, ६७% महिला कामदार
विराटनगर । घरको चुलो चम्कोमा सीमित रहँदै आएका महिला पछिल्लो समय अवसर र सहभागीताको खोजीमा सक्रिय हुँदै आएका छन् ।
त्यसैक्रममा राज्यको प्रमुख कार्यकारी पदमा समेत महिला पुगि सकेका छन् । राज्यको स्थायी सरकार मानिने निजामति कर्मचारी संयन्त्रको नेतृत्व पनि महिलाले गरिरहेका छन् ।
भनिन्छ महिला र पुरुष रथका दुई पाङग्रा हुन् । एउटा पाङग्रो बिग्रिए रथ नै गुड्दैन । परिवार र घर गृहस्थीमा महिलाकै प्रमुख जिम्मेवारी हुन्छ । तिनै महिलालाई हक अधिकार र समान सहभागीतामा राज्यले ३३ प्रतिशत आरक्षण हिस्सामा सीमित गरेको छ।
तर राज्यले महिलाका लागि छुट्याएको ३३ प्रतिशत आरक्षण कोटालाई भने कोशी प्रदेशको सुनसरी मोरङ औद्योगिक क्षेत्रका ठूला र बढी कामदार भएका उद्योगले घाममा सुकाइ दिएको छ । किन भने यो औधोगिक क्षेत्रमा महिला काम गर्न नगए प्रायः जसो ठूला उद्योग बन्द नै अवस्थामा पुग्नेछ ।
यो औधोगिक क्षेत्रका ठूला र बढी कामदार भएका उद्योग महिला मजदुरको भरथेगमा टिकेको छ । यहाँ पुरुषको ६७ र महिलाको ३३ प्रतिशत आरक्षण र सहभागीताको अर्थ छैन । उद्योग संगठन मोरङका वरिष्ट उपाध्यक्ष नन्दकिशोर राठीले भने यो औधोगिक क्षेत्रमा महिला मजदुरी काम गर्न नआए ठुला र बढी कामदार भएका उद्योग नै बन्द गर्नुपर्ने स्थिति रहेको जानकारी दिए ।
उनले यहाँको उद्योगमा राज्यको नीति विपरित ६७ प्रतिशत महिला र ३३ प्रतिशत पुरुष मजदुरको रुपमा सहभागिता छ । यहाँका ठुला उद्योगमा मजदुरी काम गर्न महिला ४० किलोमिटर टाढावाट समेत धाउने गरेका छन ।
रोजगारीका लागि पुरुष विदेश जानेक्रम बढेसँगै मोरङ र सुनसरीका उद्योगलाई महिला मजदुरले भरथेग गर्दै आएका छन । यो औधोगिक क्षेत्रमा साना ठुला गरेर झण्डै ६ सय उद्योग सञ्चालनमा छन् । ति उद्योगमा ५० हजार भन्दाबढी मजदुर छन । त्यस मध्ये आधाभन्दा बढी महिला मजदुर कार्यरत रहेको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुडामणी भट्टराईको अध्ययन छ ।
सुनसरीको खनार स्थित रिलायन्स स्पिनिङ उद्योगमा ४ हजार ६ सय मजदुर छन् । त्यसमध्ये आधाभन्दा बढी महिला कामदार छ । उद्योगका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार यो उद्योगमा सुनसरी मोरङ वाहेक पहाडी जिल्ला र पश्चिमको कैलाली, कञ्चनपुर, बाँके, नेपालगञ्ज र अछामसम्मका महिला कामदार छन् ।
बहिरका महिला मजदुरलाई उद्योगले वस्नेको व्यवस्था पनि गरेको छ । पोखरेलले भने उद्योगले डेढसय मुक्त कमैया महिलालाई पनि गतवर्ष मजदुरका रुपमा नियुक्ती दिएको छ । यो उद्योगमा लुमदेखि उत्पादन प्रमुखसम्मको जिम्मेवारी महिलाले पाएका छन ।
रंगेली थाना टोलकी पुनम मण्डल दशकदेखि हरेक दिन विहान ७ बजे मजदुरीकालागि २८ किलोमिटर टाढा पर्ने विराटनगर रानी मटेरुवाको रघुपति जुट मिलमा पुगेर साँझ ७ बजे घर फर्कन्छिन् । मिलको लुममा काम गरेर दैनिक सरदर वाह्रसय रुपैयाँ कमाउने गरेकी उनलाई लिन मिलको मजदुर वस घरैमा पुग्छ र साँझमा वसले नै घर पु¥याई दिन्छ ।
पुनमसँगै त्यहीकी मिना साहपनि मजदुर वसमा चढेर रघुपति जुट मिलमा मजदुरी गर्न आउन थालेको दशक वित्यो । उनीपनि मिलको लुममा काम गर्छिन । यो मिलमा २ हजार दुईसय मजदुर छन । ति मध्ये ७० प्रतिशत महिला छन । मिलका प्रशासन प्रमुख श्यामकुमार आचार्यले भने महिला मजदुरले नै उद्योग धान्दै आएका छन् । यो मिलमा ३५ किलोमिटर टाढाको सुनवर्षिसहित रंगेली, जहदा, कटहरी र सुनसरीको बर्जुवाट महिला मजदुरीका लागि आउँछन् । आचार्यका अनुसार उनीहरु सवैलाई मिलको मजदुर वसले विहान मिलमा ल्याएर वेलुका घरमा छाडने गरेको छ ।
सुनसरीको दुहवीस्थित अरिहन्त मल्टिफाइवर उद्योगमा ४ हजार दुईसय मजदुर छन । तिमध्ये २ हजार चारसय महिला मजदुर छन । वैदेशीक रोजगारीका कारण उद्योगमा काम गर्ने पुरुष मजदुर पाउनै छाडेको स्थिती छ । उद्योगका सिइओ गोविन्द बजगाईका अनुसार ४० किलोमिटर टाढा इनरुवालगायत बर्जु, चिमडी, अमडुवा, सायवगञ्ज र रंगेली क्षेत्रका महिलाले उद्योग धान्दै आएकी छन् ।
उद्योगले दिन र रात गरेर चार सिफ्टसम्म उत्पादन गर्दै आएको छ । ति सवै सिफ्टमा महिला मजदुरको वाहुल्यता छ । उनले भने ति सवै महिलालाई उद्योगको मजदुर वसले घरवाट ल्याउने र काम सकिएपछि घर पु¥याउने गर्दै आएको छ । उद्योगको वसले मजदुरलाई ल्याउने र पु¥याउने गरेपछि राती १२ बजेपनि महिला कामका लागि उद्योगमा आउने गरेका छन ।
उनले भने मजदुर वसकै कारण महिला आफुलाई सुरक्षीत ठानेर उद्योगमा काम गर्न आउन उत्साहीत हुँदै आएका छन । जुटको वोरा, झोला, ब्याग र कपडा उत्पादन गर्ने यो उद्योगमा महिला मेशिन अपरेटरदेखि सिलाई बुनाईको काम गर्नेको जिम्मेवारी पुरा गर्दै आएका छन् ।
पुरुष मजदुरको अभाव बढेसँगै यहाँका उद्योगले पनि महिला कामदारलाई आकर्षित गर्न घरवाट वसमा ल्याएर काम सकिएपछि वसमै घर सम्म पुर्याउने देखि लिएर सेवा सुविधा र सुरक्षाको प्रबन्ध बढाएका छन् । उद्योगले महिला मजदुरको रोजगारीको स्थायित्वका साथै व्यक्तिगत सुरक्षाको प्रबन्धमा समेत प्रबन्ध मिलाएको पाइएको छ ।
यस क्षेत्रका खास गरी रिलायन्स, बिस्कुट, चाउचाउ, साबुन ,चप्पल, मल्टिफाइवर्स र जुट लगाएतका उद्योगमा महिला मजदुरको भरथेग छ ।
यहाँ सञ्चालनमा रहेका विभिन्न ६ वटा जुट मिलमा कार्यरतमध्ये झण्डै ८० प्रतिशत मजदुर महिला छन् ।
‘सवै जुट उद्योग महिला मजदुरमै निर्भर छन भन्दापनि हुन्छ ।, जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने, जुट उद्योगमा महिलाले मजदुरी नगर्ने हो भने उद्योग नै बन्द हुने स्थिती छ ।’
पुरुष पाइनै छाड्यो । महिला मात्र पाइन्छन । गोल्छाले भने उनीहरुलाई उद्योगले नै घरवाट ल्याउने र काम सकेपछि घर पु¥यायी दिने गर्दै आएको छ । उनका अनुसार यहाँका जुट उद्योगमा झण्डै १५ हजार मजदुर छन । ति मध्ये महिला मजदुरको सख्या झण्डै ७० प्रतिशत छ ।
सवै जुट उद्योगले मजदुरलाई घरवाट ल्याउन र काम सकेपछि घर पु¥याउन मजदुर बसको व्यवस्था गरेका छन । मजदुर बस सुविधाकै कारण महिला मजदुर राती बाह्र बजेपनि काममा आउने र घर जाने गर्छन । मोरङको कटहरी, मिल्स एरिया, हात्तिमुढा र सुनसरीको दुहवी तथा सोनापुरमा रहेका जुट लगायतका उद्योगमा काम गर्न ४० किलोमिटर टाढावाट पनि महिला मजदुर आउने गरेका छन ।
सुनसरी दुहवीको क्वालिटी बिस्कुट उद्योगका पाँचसय मजदुर मध्ये आधा भन्दाबढी महिला छन । उनीहरु पुरुष सरह नै श्रम गर्छन् । उद्योगले दिने तलब लगायत सुविधामा विभेद गरेको छैन् । उद्योग सञ्चालक श्याम कावराले भने उद्योगमा महिला मजदुरमा निर्भर छ । पुरुषको अभाव भएपछि महिला मजदुरको संख्या थपिने क्रम पनि बढ्दै छ ।
कावराका अनुसार करिडोरका अन्य उद्योगमा पनि महिला मजदुरको संख्या उल्लेख्य छ । प्राय उद्योगले मजदुर वस घर घरमा लगेर ल्याउने र काम सकिएपछि घरमै पु¥याएर छाडने गरेकाले पनि औधोगिक मजदुरमा महिलाको आर्कषण बढेको सम्बद्ध उद्योगीको भनाइ छ ।