एनसेलसँग हरेक वर्गका उपभोक्ताका लागि उपयोगी योजना छन्: निधी (भिडियो अन्तर्वार्ता)



दुई दशकदेखि नेपालमा दूरसञ्चार सेवा दिइरहेको एनसेल निजी क्षेत्रको पहिलो मोबाइल सेवा प्रदायक हो । डेढ करोड हाराहारी प्रयोगकर्ता रहेको एनसेल नेपाल टेलिकमको प्रतिस्पर्धी कम्पनीको रुपमा बजारमा आएपछि नेपालमा दूरसञ्चार सेवाको गुणस्तरमा सुधार र मूल्यमा कमी आएको छ ।

एनसेलमा विगत ७ वर्षदेखि बजार व्यवस्थापन हेरिरहेका अभय कुमार निधी दूरसञ्चार सेवा प्रदायक एनसेलभन्दा अगाडि कोकाकोलामा आबद्ध थिए ।

उनी ग्राउन्ड लेभलमा काम गर्ने हुनाले एनसेलका नेपालभरका च्यानलहरुसँग निरन्तर सम्पर्कमा रहने गर्दछन् । जसकारण ग्राहकको आउटपुटले ‘राइट प्रोडक्ट, राइट प्लेस’मा हुन सहज हुन्छ भन्ने उनको विचार छ । एनसेलको नेसनल सेल्स म्यानेजर रहेका निधीसँग क्लिकमान्डुले गरेको कुराकानीको सारसंक्षेप :

पछिल्ला समय दूरसञ्चार सेवा ब्यवसाय निरन्तर रुपमा घटिरहेको छ । एकातिर उपभोक्ताको क्रयशक्ति घटेका कारण भन्ने छ भने अर्को दूरसञ्चार सेवा महँगो भयो भन्ने पनि छ । के कति कारणले दूरसञ्चार सेवाको व्यापार किन घटिरहेको छ ?

सेल्स घट्यो भन्ने चिजमा २ वटा कुरा छ । पहिलो उपभोक्ताको उपयोगिता हो । उपभोक्तालाई दूरसञ्चार सेवाको उपयोगिता बढिरहेको छ । पहिले पहिले केहि एमबी पाए हुन्थ्यो भने आजको दिनमा १ जीबी २ जीबी भन्दाकम कसैले कुरा गर्नुहुन्न । त्यतिमात्र होइन आजको दिनमा यस अर्थमा आजको दिनमा दूरसञ्चारको क्षेत्रको उपयोगिता बढेको छ । आफनो बैंकको एकाउन्टको ट्रान्जेक्सन मनिटर गर्न, बालेटको लागि, नेसनल आइडीको लागि, नागरिकएप रजिस्ट्रेसनको लागि वा ड्राइभिङ लाइसेन्सको लागि, टयाक्स रजिस्ट्रेसनको लागिको पनि सीमको आवश्यकता छ, त्यसैले यसको उपयोगिता बढ्दै गएको छ ।

तर, समयक्रममा सबैचिजको मूल्य बढ्दै जान्छ । त्यसरी हेर्ने हो भने दूरसञ्चार मात्र यस्तो सेवा हो, जसको मूल्य बढेको छैन । आजभन्दा १० वर्ष अगाडि एक कल गर्दा जति हामी मूल्य तिथ्र्यौ, त्योभन्दा धेरै सस्तोमा आज सेवा उपभोग गरिरहेका छौं । १ जीबी डेटाका लागि ५, १० वर्षअगाडि हामी जति पैसा खर्च गथ्यौं, त्योभन्दा आजको दिनमा सिग्निफिकेन्ट्ली कम पैसा खर्च गर्छौं। त्यसले गर्दा उपभोक्ताको आवश्यकता बुझेर, क्रयशक्ति बुझेर दूरसञ्चार सेवा प्रदायकहरुले मूल्यलाई परिमार्जित गर्दै लगेका छन् ।

त्यस हिसाबमा हेर्दा त आजको दिनमा दूरसञ्चार सेवाप्रदायकहरुको सेवाको व्यापार बढ्नु पर्ने हो नि, तथ्यांकमा त त्यस्तो दखिन्न । सबैको घटेको देखिन्छ के कारणले होला ?

यसका मुख्य तीन कारणहरु म भन्छु । पहिलो, ओटीटीको बढ्दो प्रयोग । ओटीटी भन्नाले ह्वाट्स एप, मेसेन्जरहरुलाई भन्न खोजेको हुँ । जुन कुरा पहिलो मानिसले एकअर्कासँग सम्पर्क गर्नु पर्दाखेर फोन वा मोबाइलबाटै कल गर्थे भने आजको दिनमा मानिसहरु ओटीटीको प्रयोग गरिरहेका छन् । ओटीटीहरुलाई हामीले कुनै नियममा बाध्न सकेका छैनौं । यसले गर्दा दूरसञ्चार सेवाप्रदायकहरुलाई मात्र होइन सरकारलाई पनि घाटा छ । उनीहरुलाई एउटा नियमनमा ल्याउनु पर्ने देखिन्छ ।

दोस्रो कारण हो, बढ्दो वाइफाइको प्रयोग । वाइफाइको प्रयोगमा आजको दिनमा मानिसले धेरै सहज फिल गर्दछन् । अरु देशमा मोबाइल डेटामा धेरै भर पर्छन् तर नेपालमा वाइफाइको प्रयोग बढिरहेको छ । यसको कारण नियमको फरक हो, आइएसपी र दूरसञ्चारलाई फरक फरक नियमन गरिरहेका छौं । कहिले न कहिले यसमा सरकारको ध्यान जान्छ र परिमार्जित गर्नुहुन्छ ।

तेस्रो कारण हो, उपभोक्ताहरुको पकेट साइज जुन घट्दै गइरहेको छ । उपभोक्ताको आवश्यकता बढ्दै गइरहेको छ तर खर्च गर्ने क्षमता घट्दै गइरहेको छ । यी ३ कारणले नै दूरसञ्चार सेवा प्रदायकहरुको व्यापार ओरालोतिर लिएर जाँदैछ ।

ग्राउन्ड लेभलमा उपभोक्ताको गुनासो चाहिँ के छ त ?

यसलाई म दुईवटा क्षेत्रमा विभाजित गरेर भन्छु । एउटा क्षेत्र यस्तो छ, जसले बढी स्रोत पाए हुन्थ्यो भन्छन् जस्तै, बिजनेस क्षेत्रका ब्यक्तिहरु । विद्यार्थीहरु । आजकाल पठन सामग्रीहरु लाइब्रेरीमा नै गएर पढ्नु पर्छ भन्ने छैन । सबै लाइब्रेरी डिजीटल छ । उहाँहरुलाई बढीभन्दा बढी त्यो सामग्रीमा पहुँच चाहिन्छ । ब्यक्तिहरुको आफ्नो आवश्यकताहरु बढ्दै गइरहेको छ । त्यसैले मलाई बढी रिसोर्स चाहियो भन्ने डिमान्ड आइरहेको छ । हामीले त्यो आवश्यकता बुझेका छौं । र त्यस्तै खालको प्रोडक्ट पनि ल्याएका छौं ।

दोस्रो एकथरीको आवश्यकता कम छ । सानो भएदिइ हुन्थ्यो । मलाई जतिखेर आवश्यक पर्छ म त्यतिखेर प्रयोग गर्छु भन्ने खालका उपभोक्ताको वर्ग पनि छ । उहाँहरुको आवश्यकतालाई बुझेर साना प्याकहरु ल्याएका छौं । त्यो ग्राउन्डलेभलको फिडब्याक लिएर नै हामीले आफ्नो पोर्टफोलियोलाई त्यसरी नै डिजाइन गर्दछौं ।

यसरी उपभोक्ताको आवश्यकताअनुसारका प्रोडक्ट डिजाइन गर्दा गर्दै पनि पछिल्ला पाँच वर्षमा त सेल्स घटेकै देखिन्छ नि ? कसरी रिभाइभ गर्न सकिन्छ होला त ?

यसलाई रिभाइभ गर्न उपभोक्ताको आवश्यकता र क्रयशक्ति हेरेर मूल्य घटाइएको छ । यो एउटा उपाय हुनसक्छ । तर त्यतिमात्र उपाय चाहिँ होइन । हरेक कम्पनीले मूल्यलाई परिमार्जित गर्दै लैजान्छ । त्योभन्दा बाहेकका अन्य कारणहरु पनि छन्। जसले एनसेलमात्र नभएर एटीसीलगायत यो क्षेत्रलाई नै गम्भीर असर पारिरहेको छ । त्यो भनेको रेगुलेसनका कुरा हो । नियमनले ओटीटीलाई फरक तरिकाले अनि दूरसञ्चारलार्ए फरक किसिमले ब्यवहार गर्ने गरिएको छ । यसले असर गरेको छ । त्योभन्दा बाहेक नियमनका केहि प्रतिबन्ध पनि दूरसञ्चारलाई लगाइएको छ । जस्तै, हाम्रा भ्यालु अडेड सर्भिसमा धेरै प्रोडक्ट थिए, जुनचाहिँ नियमनको कारण हामीले बन्द गर्नु पर्यो अथवा परिवर्तन गर्नुपर्यो । त्यस्ते गरि प्रोडक्ट पोर्टफोलियोमा केहि चालु आवस्थामा रहेका प्रोडक्ट हामी दिन नसक्ने भयौं । जुन मानिसले रुचाएका प्रोडक्टहरु थिए । यस्ता कारणले दूरसञ्चार व्यवसायलाई नकारात्मक असर गरिरहेको छ । मलाई लाग्छ यो सहि समय हो, यो क्षेत्रलाई बचाउने हो भने हाम्रा नियमनकारी निकाय तथा सबै सरोकारवाला निकायको ध्यान यसमा जानु जरुरी छ ।

यहाँको भनाइ सरकारले ओटीटीलगायत दूरसञ्चारसँग सम्बन्धित सबै क्षेत्रलाई समेटेर एउटै छाता ऐन ल्याउनु पर्छ भन्ने हो ?

हो, त्यसले निकै नै सहयोग गर्छ । आजको दिनमा ओटीटीको बढ्दो प्रयोगले गर्दा सरकारलाई केहि पनि राजस्व प्राप्त हुन सकेको छैन, टेलिकम सेक्टरको व्यवसाय घट्दै गयो । दूरसञ्चार क्षेत्रबाट सरकारलाई आउने राजस्व पनि घट्दै गयो । अहिले बढ्दो ओटीटीको प्रयोगले सरकारलाई केहि पनि फाइदा भएको छैन । सरकारलाई विकास खर्च गर्न त राजस्व चाहिन्छ । त्यसैले सरकारको आफ्नो राजस्वमा आएको कमीलाई कहाँबाट पूरा गर्ने ? त्यसैले एउटा छाता ऐन नल्याएसम्म फरक फरक ब्यवहार चलिरहन्छ । एउटालाई फाइदा हुने र अर्को क्षेत्र घाटामा जाने भइरहन्छ । सरकार तथा दूरसञ्चार कम्पनीहरु सबैलाई घाटा भइरहन्छ ।

एनसेलका विशेष योजनाहरु कस्ता कस्ता छन् ?

हामीसँग उपभोक्ताका हरेक लेभलका योजना छन् । साना, ठूला, घरमै अफिस भएका सबै खालका ब्यवसायका आवश्यकता पूरा गर्न ‘विज सधै अन’ भन्ने योजना ल्याएका छौं । यसमा ४९९ देखि १४९९ रुपैयाँसम्मका योजना छ । सानोदेखि ठूलो ब्यवसायसम्मको लागि ल्याइएको यो योजनाले उहाँहरुका आवश्यकतालाई सम्बोधन गरेको छ । समथिङ फर एभ्रिवन योजना हो यो । यसअन्तर्गत डेटा, भ्वाइस, एसएमएसका साथै लायन्स गेट र मेरो लगानी एप पनि समावेश गरिएको छ । मानौं मेरो प्रयोग डेटाको धेरै छ, जस्तो टिकट बुक गर्ने टुर्स एन्ड ट्राभल्सलाई डेटा नभै नहुने चिज हो । उहाँहरुको आवश्यकता पनि यसले पूरा गर्दछ । अन्य कसैलाई भ्वाइसको आवश्यकता छ । त्यो चिजलाई बुझेर हामीले बिजनेस आवर भ्वाइस ल्याएका छौं । जसमा भ्याइसमा कुनै पनि पैसा लाग्दैन । त्यस्तै, दूरसञ्चारमा आजकाल कन्टेन्टको कुरा छ । यसमा लायन्स गेट एप अनि मेरो लगानी भन्ने एपहरु छन् । सेयरको बारेमा यथेस्ट जानकारी दिन मेरो लगानी जस्ता एपले सबै सेवा सुविधा दिएको छ ।

पछिल्लो समय एनसेलको ‘सधैं अन’ योजना ल्यायो । त्यसको सफलतापछि ‘विज सधैं अन’ भन्ने योजना ल्याएको हो ।

सधैं अनमा ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार अल नेपाल टक टाइम रहेको भ्वाइस, मोबाइल डेटा, एसएमएस एउटै प्याकमा पाउँछन् र साथै सोसल मिडिया चलाउनका लागि छुट्दै निःशुल्क डेटा पनि पाउँछन् । ग्राहकका सुझाव अनुसार ल्याईएको हुनाले यसमा ग्राहकहरुले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु पर्दैन । यसको मुख्य उदेश्य भनेको ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डेटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर लानु हो ।

अन्य मुलुकहरुका तुलनामा हाम्रो यहाँ डेटा उपयोग कम छ । हाम्रा नेपाली उपभोक्ताहरुमाझ डेटाको उपयोग बढाएर डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको छ । यसले बजार तथा नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पनि पार्दछ । उदाहरणकालागि यदि कुनै ग्राहकले रु ४९९ को बेस्ट प्लान सुचारु गर्दछ भने उसले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्दछ र यो २८ दिनको लागि मान्य रहन्छ ।

सधैं अनअन्तर्गत नै नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना सञ्चालनमा रहेको छ । अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाईने यसको मुख्य विशेषता रहेका छन् ।

यी सबै प्रविधिको प्रयोग गर्न त उपभोक्ता पनि सुसूचित हुनु पर्यो । त्यसैले एनसेलले डिजिटल साक्षरतामा कति खर्च गरेको छ ?

उपभोक्तालाई सुसूचित गराउनु हाम्रो पहिलो प्राथमिकता नै हो । यसमा एनसेलले एउटा डेडिकेटेड टिम नै राखेको छ । नेपालमा कम्पनीहरुले उपभोक्तालाई सुसूचित गर्न खर्च गर्छन् । त्यसमध्ये एनसेलले सबैभन्दा बढी खर्च गर्छ । तर त्यो बाहेक पनि सेल्सअन्तर्गत एटिएल, बीटिएल च्यानलमा पनि एनसेलले खर्च गरिरहेको हुन्छ । यसका साथै एनसेलले आफ्ना रिटेल च्यानमार्फत पनि ग्राहक तथा उपभोक्तालाई सुसूचित गर्ने काम गरिरहेको हुन्छ । यसमा पनि खर्च गर्छौं । बिजनेस सधैं अन लन्च गर्दा देशभरका सबै रिटेलरहरुलाई तालिम दियौं । यस बाहेक पीओएस पनि छन् । कुनै पनि आउटलेटमा जाँदा नयाँ योजना लन्च गर्नासाथ सुसूचित गर्दछौं । डिजिटल मिडियमा पनि खर्च गरेका छौं, टिभी छ, पत्रिका छ । एनसेलले धेरै अगाडिदेखि डिजिटल लिटरेसिमा काम गरेका छौं । सन् २०१४ देखि नै स्कूलमा पनि डिजिटल लिटरेसिमा काम गरेका छौं । हामीले ग्रुप नै क्रियट गरेर फिसिङलगायतका बारेमा जानकारी गराइरहेका छौं ।

डिजिटल लिटरेसीसँगै डिजिटल सेफ्टीको पनि कुरा आउँछ । एनसेलले डिजिटल रिस्क न्यूनीकरण गर्न के कस्ता कृयाकलाप गरिरहेको छ ?

हामीले ग्रुपहरु क्रिएट गरेका छौं । भिडियो बनाएका छौं । यस्ता विविध कृयाकलापमार्फत डिजिटल सेफ्टीमा काम गरिरहेका छौं । फ्रि भिडियोले उपभोक्तलाई सचेत गराउने गर्दछ । डिजिटल रिस्क न्यूनीकरण गर्न एनसेलमा चारजनाको एउटा टिम नै छ । उनीहरुले सरकार तथा दूरसञ्चार प्राधिकरणसँग सहकार्य गरेर काम गर्दछन् । त्यसैले एनसेलले डिजिटल रिस्क न्यूनीकरण गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ ।


क्लिकमान्डु