भारतमा २६ सीटको नतिजा सार्वजनिक, मोदीको पार्टीले १७ ठाउँमा जित्यो, अरु कसले कति ?



काठमाडौं । भारतीय संसदको तल्लो सदनका लागि भएको मतदानको जारी गणनामा भारतीय जनता पार्टीले १७ सिटमा जीत हात पारेको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार लोकसभाको ५४३ सदस्य मध्ये २६ सीटको नतिजा सार्वजनिक भएको हो ।

भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले १७ सीट जित्ता २२७ स्थानमा अग्रता बनाइरहेको छ । दोस्रो स्थानमा रहेको भारतीय कंग्रेसले ४ सीट जितेको छ भने ९४ स्थानमा जीत हातपारेको छ ।

त्यस्तै जनता दलले २ स्थानमा जीत हात पार्दा शिव सेनाले १ आम आद्‍मी पार्टीले १ हिन्दुस्तान अवाम मोर्चाले १ स्थानमा जीत हात पारेका छन् ।


क्लिकमान्डु