गृहमन्त्रीमाथि छानबिनको दबाब दिन सडकमा उत्रिने कांग्रेसको निर्णय



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गठनका लागि दबाब दिन सडकमा उत्रिने निर्णय गरेको हो ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने निर्णय गरेको हो । कांग्रेस नेतृ डीना उपाध्यायले भ्रातृ तथा भगिनी संगठनहरुलाई सडकमा उतार्ने निर्णय भएको जनाकारी दिइन् ।


क्लिकमान्डु