कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी टोली कान्तिपुरमा



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न प्रहरी पुगेको छ ।

एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोली सादा पोशाकमा सञ्चारगृहमा प्रवेश गरेको हो । सोरोहियालाई नियन्त्रणमा लिन जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको थियो ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो । सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गर्ने गरेको उजुरकर्ताले दाबी गरेका छन् ।

वैशाख १७मा धनुषा प्रहरीमा उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भनेर जाहेरी परेको थियो ।

सिरोहियाले सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा कुनै पनि अवस्थामा सम्झौता नगर्ने बताएका छन् । व्यक्तिगत रूपमा आफूले हरेक मूल्य चुकाए पनि कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ ।

कान्तिपुरको समाचार रोक्न र ब्ल्यामेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूमाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै सहकारी ठगीलगायतका बेथितिविरुद्धका समाचार प्रकाशनमा एक इन्च पनि पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।


क्लिकमान्डु