टोपबहादुरलाई आज अदालत लगिँदै



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराइँदै छ ।

रायमाझी हिजो राति काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ ।

आज अदालत खुलेसँगै रायमाझीलाई म्याद थपका लागि लगिने प्रहरीले जनाएको छ । पक्राउपरेका उनको आइतबार रातिनै स्वास्थ्य परीक्षण गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको समयमा गृहजिल्ला अर्घाखाँचीमा एक कार्यक्रममा रहेका उनी पक्राउ पुर्जी जारी फरार भएका थिए । उनका छोरा सन्दीप भने पक्राउ परिसकेका थिए ।


क्लिकमान्डु