एलन मस्कको नयाँ योजना: ट्विटरको निर्देशक र सीईओ आफैं



एजेन्सी । अमेरिकी व्यवसायी एलन मस्कले ट्विटर किन्ने प्रकृया पूरा गरेसँगै स्वयंलाई कम्पनीकी नयाँ सीईओ र निर्देशक बनाउने भएका छन् ।

कम्पनीको सिक्योरिटी फाइलिंगले यसबारेमा जानकारी दिएको बीबीसीले जनाएको छ ।

केही दिन अघि करिब ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेसँगै मस्क लगातार माइक्रो ब्लगिङ वेबसाइट चलाउन यस कम्पनीमा परिवर्तन ल्याइरहेका छन् ।

यसको शुरुआत कम्पनीका सीईओ पराग अग्रवालसमेत अन्य शीर्ष अधिकारीलाई बर्खास्त गरेर भएको थियो ।

अब मस्कले निर्देशक मण्डललाई बर्खास्त गरेर स्वयंलाई कम्पनीको एक्ला निर्देशक बनाएका छन् ।

यसका साथ कम्पनीले न्यू योर्क स्टक एक्सचेन्जबाट डिलिस्टिङ प्रक्रिया पनि शुरू गरेको छ । यो प्रक्रिया पूरा भएसँगै ट्विटर एक निजी कम्पनी बन्ने छ जो स्टकक एक्सचेन्जमा लिस्ट हुने छैन ।

यस्तो भएसँगै मस्क र उनको टीममाथि हरेक तीन महिनामा कम्पनीको आर्थिक अवस्थासँग जोडिएको जानकारी सार्वजनिक गर्ने दायित्व समाप्त हुन जान्छ । प्रविधि दुनियाँका विशेषज्ञहरुले मस्कले कम्पनीमा आवश्यक परिवर्तन गरेपछि फेरि स्टक एक्सचेन्जमा लिस्ट गराउन सक्ने बताउँछन् ।


क्लिकमान्डु