टुकुचा खोतल्दा भेटिएको इँटा वीर शम्शेरको पालाको, संरक्षण गरिनुपर्छ: पुरातत्व विभाग



काठमाडौं । पुरातत्व विभागले इच्छुमती नदी उत्खनन गर्दा भेटिएको संरचना पुरातात्विक महत्वको भएको प्रमाण भेटिएकाले संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

काठमाडौं महानगरपालिकाले जयनेपाल हलबाट कमलादीसम्मको इच्छुमती (टुकुचा) नदी उत्खनन गर्ने क्रममा वीर शम्शेरको पालाका इँटा भेटिएको थियो ।

यहाँ बनेको संरचना एक सय वर्षभन्दा पुरानो हुनसक्ने प्रमाण भेटिएपछि विभागले पुरातत्व अधिकृत भाष्कर ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

समितिले अध्ययनका क्रममा वीर शम्शेरको शासनकालका इँटा र दस्तावेजसमेत प्राप्त भएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

यहाँ बनेको संरचना पुरातात्विक महत्वको पुष्टि भएपछि बाँकी काम गर्दा महानगरले विभागको समन्यविना गर्न नसक्ने उनले बताए ।


क्लिकमान्डु