काठमाडौंका खोला कोरिडोरमा मोनोरेल निर्माण अघि बढाउने माओवादी प्रतिबद्धता



काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकाका खोला कोरिडोरमा मोनोरेल निर्माण अघि बढाउने प्रतिवद्धता जनाएको छ ।

सोमबार आगामी निर्वाचनका लागि प्रतिवद्धतापत्र जारी गर्दै माओवादी केन्द्रले काठमाडौं उपत्यकाको बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरमा मोनोरेल निर्माण कार्य अघि बढाइने छ ।

चक्रपथ वरिपरि र बुढानिलकण्ठ–सानेपा तथा थानकोट–साँगा खण्डमा मेट्रो रेल परियोजना अघि बढाइने उल्लेख गरेको छ ।

पूर्व–पश्चिम रेल सञ्चालन गर्न रेलवे निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने र वीरगञ्ज–काठमाडौं, रसुवागढी–काठमाडौं,पोखरा–लुम्विनी विद्युतीय रेलमार्ग निर्माणको कामलाई प्राथमिकता दिइने माओवादीले प्रतिवद्धतापत्रमा उल्लेख गरेको छ ।

पोखरा, विराटनगर, बुटवल, जनकपुर, नेपालगञ्ज लगायत मुख्य सहरहरूमा मेट्रो र मनोरेल, ट्रली लगायत आधुनिक सार्वजनिक यातायात सञ्चालन गर्ने कामको योजनाबद्ध रूपमा थालनी गरिने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।

कोशी, गण्डकी, कर्णाली लगायतका प्रमुख नदीप्रणालीमा जलमार्गको विकासका निम्ति आवश्यक योजना निर्माण गरी कार्यान्वयनमा ल्याइने माओवादीले जनाएको छ ।


क्लिकमान्डु