सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा बिहीबार ९ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहीबार ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ३० रुपैयाँ कायम भएकोमा ३० रुपैयाँले घटेर ११ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु