ग्लोबल आइएमई बैंकद्वारा दुई शाखारहित बैंकिङ्ग सेवा सुरु
काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
थप २ वटाशाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२९ पुगेको छ ।
बैंकले ताप्लाबजारको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा कमला ओली र कल्याणपुरको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा किरण कुमारी साहलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, नेपाल टेलिकमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २२९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको छ ।