राष्ट्र बैंकको अध्ययन: कर्मचारीको औसत तलब सूचांक ९.४%ले बढ्यो, सबैभन्दा धेरै बैकिङमा



काठमाडौं । सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको तलब औसतमा ९.४ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको तलब तथा ज्यालाको औसत विवरणअनुसार समग्रमा कर्मचारीको तलब सूचांक ५३७.४५ छ । अघिल्लो आवको सोही अवधिमा औसत तलब सूचांक ४९१.०७ थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार समग्रमा हेर्दा सरकारी निकायको कर्मचारीको भन्दा निजी क्षेत्रका संघ संस्थामा कार्यरत कर्मचारीको औसत तलब सूचांक धेरै छ । जसमा सबैभन्दा धेरै औसत तलब सूचांक बैंक तथा वित्तीय संस्थाको कर्मचारीको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीको औसत तलब सूचांक ६५३.५० छ । सोही अवधिमा सरकारी निकायतर्फ औसत तलब सूचांक निजामति कर्मचारीको ५४१.८०, सार्वजनिक संस्थानका कर्मचारीको औसत तलब सूचांक ४४१.९८ र नेपाली सेना, नेपाल प्रहरीलगायतको औसत तलब सूचांक ४८३.७६ छ ।

सरकारी निकाय र अन्य निजी क्षेत्रका संघ–संस्थामा भन्दा वित्तीय क्षेत्रमा औसत आर्कषक तलब भत्ता तथा सेवा सुविधा वित्तीय क्षेत्रका कर्मचारीले पाउने हुँदा पनि यो क्षेत्र शिक्षित तथा बेरोजगारलाई रोजगारीको गन्तव्य नै भएको छ ।
तथ्यांकअनुसार कर्मचारीको तहगत औसत तलब विवरणमा पनि बैंक तथा वित्तीय संस्थाको कर्मचारीको नै औसत तलब वृद्धिदर बढी छ ।

अघिल्लो आवमा बैंक तथा वित्तीय संस्थाका अधिकृत तहका कर्मचारीको औसत तलब सूचांक ४१४.५९ थियो । जुन गत आवको सोही अवधिमा १५.०४ प्रतिशतले वृद्धि भएर अधिकृतहरुको तलब सूचांक ४७६.९८ पुगेको छ ।
साथै, बैंक तथा वित्तीय संस्थाका साधारण तहका कर्मचारीको तलब सूचांक औसतमा अघिल्लो आवमा ५५५.४८ थियो ।

गत आवको सोही अवधिका साधारण तहका कर्मचारीको औसत तलब सूचांक २४.९१ प्रतिशतले वृद्धि भएर ६९३.९० पुगेको छ ।

सरकारी निकायतर्फ निजामति कर्मचारीको औसत तलब सूचांक अघिल्लो आवमा ३९३.१४ थियो । गत आवको सोही अवधिमा १३.४५ प्रतिशतले बढेर ४४६.०४ पुगेको छ ।

निजामति कर्मचारीमा अधिकृति तहका कर्मचारीको औसत तलब सूचांक अघिल्लो आवमा ३५८.८३ थियो । जुन गत आवको सोही अवधिमा १७.४५ प्रतिशतले वृद्धि भएर ४२१.४५ पुगेको छ ।

साथै साधारण तहका निजामति कर्मचारीको तलब सूचांक अघिल्लो आवमा ४६६.०३ थियो । जुन गत आवको सोही अवधिमा १९.३९ प्रतिशतले वृद्धि भएर ५५६.४१ पुगेको छ ।

कसरी हुन्छ तलब र ज्यालाको औसत गणना ?

राष्ट्र बैंकले तलब तथा ज्यालाको औसत विवरण आर्थिक र श्रम सर्वेक्षणको आधारमा सर्वेक्षण गरी तलब तथा ज्यालाको औसत सूचांक तयार गरी हरेक महिना सार्वजनिक गर्ने गरेको छ ।

त्यही आधारलाई आधार बनाएर तलब तथा ज्याला मजदुर सूचांक तयार गरिएको राष्ट्र बैंकको प्रवक्ता गुणाकर भट्टले बताए ।

‘विभिन्न क्षेत्रका सम्बन्धित रोजगारदाता संस्थाबाट तलब र ज्यालाकोे विवरण संकलन गरी इन्डेक्स तयार पारिन्छ,’ प्रवक्ता भट्टले क्लिकमाण्डूसँग भने ‘त्यो इन्डेक्स २००४/०५ को सर्वेक्षणमा आधारित छ ।’

त्यही इन्डेक्सलाई आधार बनाएर विभिन्न क्षेत्रका कर्मचारी, श्रमिकको तलब र ज्यालाको तथ्यांक तयार परिएको उनले बताए । यो इन्डेक्स पूरानो भएकाले यकिन तथ्यांक समेट्न नसक्ने अवस्था आउन सक्ने भन्दै राष्ट्र बैंकले गत वर्ष सर्वेक्षणको विधि र आधार वर्ष परिवर्तन गर्न शुरु गरेको थियो । तर कोरोना भाइरसका कारण सो काम रोकिएको भट्टले जानकारी दिए ।

राष्ट्र बैंकले औसत तलब तथा ज्यालाको सूचांकअनुसार मासिक रुपमा तलब तथा ज्यालाको विवरण सार्वजनिक गर्ने गरेको छ ।

तथ्यांकको वेस निर्माण आव २०६१/६२ मा सर्वे गरिएको विभिन्न सरकारी संस्था, निजी क्षेत्रमा कम्पनी तथा र्फम, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुलाई नमूनाका रुपमा लिएर त्यहाँका कर्मचारीको औसत तलब तथा ज्यालाको आधार तयार पारिएको थियो । आर्थिक सर्वेक्षण २०६१/६२ मा सबै क्षेत्रको औसत तबल तथा ज्याला १०० मानिएको थियो ।

सर्वेक्षणमा समेटिने सरकारी तथा निजी क्षेत्रका संघ संस्था तथा स्रोतहरुः

हालसम्म तलब तथा ज्यालाको औसत विवरण आर्थिक सर्वेक्षण २००४/०५ को आर्थिक सर्वेक्षणको आधारणमा भइरहेको थियो । तलब तथा ज्यालाको सूचांक तयार गर्दा नमूना सर्वेक्षण गरिन्छ ।

जसमा बैंक तथा वित्तीय संस्थाको नमूना सर्वेमा नेपाल राष्ट्र बैंकसहित अन्य २ वटा सरकारी वाणिज्य बैंक र एक वटा निजी क्षेत्रको वाणिज्य बैंकलाई समेटिएको राष्ट्र बैंकले जनाएको छ । जसमा नेपाल राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नविल बैक छन् ।

यस्तै, नेपाल विद्यत प्राधिकरण, नेपाल टेलिकम, दुग्ध विकास संस्थान र नेपाल आयल निगम गरी ४ वटा सरकारी संस्थानलाई सर्वेक्षणमा समेटिएको राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए । साथै, सरकारी संगठन तर्फ निजामति किताबखाना, शिक्षक किताबखाना, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सर्वेक्षणमा समेटिएको छ ।

शैक्षिक क्षेत्रतर्फको औसत तलब सर्वेक्षणमा भानुभक्त मावि, एसओएस भक्तपुर, ग्यालेक्सी पब्लिक र त्रिभुवन विश्वविद्यालयलाई समेटिएको छ । औद्योगिक क्षेत्रतर्फ भने सो सर्वेक्षणमा विभिन्न १६ वटा उद्योग प्रतिष्ठानलाई समेटिएको राष्ट्र बैंकले जनाएको छ ।

ज्यालादरको तथ्यांक भने देशभरका विभिन्न ११ स्थानहरु तोकिएको छ । त्यसमा भद्रपुर, विराटनगर, जनकपुर, विरगञ्ज, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी, पोखरा, काठमाडांै, ललितपुर र चितवन रहेका छन् । प्रचलित ज्यालादर नै सर्वेक्षणमा समेटेर औसत गणना गरिएको प्रवक्ता भट्टले जानकारी दिए ।

श्रमिकको ज्याला सर्वेक्षणका लागि तोकिएको स्थानका उद्योग र व्यापारिक क्षेत्रबाट थोरैमा ३ वटा युनिट गरी ३३ वटा नमूना लिने गरिन्छ । जसमा निर्माण/औद्योगिक र कृषि क्षेत्रका उच्च दक्ष, दक्ष/अदक्ष, सिकर्मी, डकर्मी, ज्यामी पुरुष र महिला, मजदुरको ज्यालाको नमूना दिने गरिएको भट्टले बताए ।

कृषि क्षेत्रको मजदुरको ज्यालाको नमूना सर्वेक्षण गर्दा ११ क्षेत्रका घरपरिवारबाट ३/३ वटा गरी ३३ प्रकारका ज्यालाको नमूना लिएर ज्याला सूचांक तयार गरिन्छ ।

यी संस्थामा गरिएको सर्वेक्षणलाई आधार मानेर राष्ट्र बैंकले समग्र क्षेत्रको तलब तथा ज्यालाको सूचांक निकाल्छ ।

एक वर्षमा कुन क्षेत्रका कर्मचारी र श्रमिककोे औसत तलब तथा ज्याला कतिले बढ्यो ?

राष्ट्र बैंकले सार्वजनिक गरेको औसत तलब र ज्यालाको विवरणअनुसार अघिल्लो आवको तुलनामा गत आवमा निजामति कर्मचारीको तलब औसतमा १९.२२ प्रतिशतले वृद्धि भएको छ । जसमा अधिकृत तहका कर्मचारीको १५.८४ प्रतिशत र साधारण तहका कर्मचारीको १२.२२ प्रतिशतले वृद्धि भएको हो ।

सार्वजनिक संस्थाका कर्मचारीको औषतमा २६.६८ प्रतिशत र साधारण तहका कर्मचारीको १७ प्रतिशतले औसत तलब वृद्धि भएको हो ।

नेपाली सेना र प्रहरीतर्फ औसतमा ८.९६ प्रतिशतले कर्मचारीको तलब बढेको छ । जसमा अधिकृत तहका कर्मचारीको १३.५२ प्रतिशत र सहायक तहका कर्मचारीको ८.८१ प्रतिशतले आसत तलब वृद्धि भएको छ ।

यस्तै, शैक्षिक संस्थातर्फ अघिल्लो आवको तुलनामा गत आवमा कर्मचारीको तलब औसतमा १०.४६ प्रतिशतले वृद्धि भएको छ । जसमा अधिकृत तहका कर्मचारीको औसत तलब १५.१२ प्रतिशतले र साधारण कर्मचारीको ३.५० प्रतिशतले वृद्धि भएको देखिन्छ ।

निजी संगठनतर्फका कर्मचारीको औसतमा तलब आघिल्लो आवको तुलनामा गत आवमा १७.२४ प्रतिशतले बढेको छ । जसमा अधिकृत तहका कर्मचारीको १७.८४ प्रतिशत र साधारण तहका कर्मचारीको १७ प्रतिशतले औसत तलब वृद्धि भएको हो ।

साथै, मजदुरहरुको अघिल्लो आवको तुलनामा ८.३३ प्रतिशतले गत आवको सोही अवधिमा ज्याला बढेको छ । ज्याला वृद्धि क्षेत्रगत रुपमा कृषि मजदुरको ७.४३ प्रतिशत, औद्योेगिक मजदुरको १०.९३ प्रतिशत र निर्माण क्षेत्रका मजदुरको ६.६१ र दैनिक ज्यालादारी मजदुरको औसतमा ज्याला अघिल्लो आवको तुलनामा ४.९४ प्रतिशतले बढेको छ ।

कुन क्षेत्रका कर्मचारीको तलब कति बढ्यो ? तथ्यांकमा हेर्नुहोस्

(Annual Average)
Groups & Sub-groups 2018/19 2019/20 Change % 2019/20
Overall Index 491.07 537.45 9.444682021
Salary Index 393.14 446.04 13.45576639
Officers 367.01 425.18 15.84970437
Non Officers 408.04 457.91 12.221841
Civil Service 454.43 541.80 19.22628348
Officers 358.83 421.45 17.45116072
Non Officers 466.03 556.41 19.39360127
Public Corporations 373.46 441.98 18.34734644
Officers 310.54 393.40 26.68255297
Non Officers 386.05 451.70 17.00556923
Bank & Financial Institutions 529.24 653.50 23.47895095
Officers 414.59 476.98 15.04860223
Non Officers 555.48 693.90 24.91898898
Army  & Police Forces 443.95 483.76 8.967226039
Officers 337.04 382.61 13.52065037
Non Officers 448.75 488.30 8.813370474
Education 422.69 466.92 10.46393338
Officers 392.91 452.32 15.12051106
Non Officers 476.65 493.37 3.507814959
Private Institutions 299.36 350.97 17.24011224
Officers 293.90 346.35 17.84620619
Non Officers 301.51 352.79 17.00772777
Wage Rate Index 527.24 571.21 8.339655565
Agricultural Labourer 608.96 654.26 7.438912244
Male 580.08 633.06 9.133223004
Female 640.13 677.14 5.781638105
Industrial Labourer 419.04 464.88 10.93928981
High Skilled 392.74 444.39 13.15119417
Skilled 400.22 442.94 10.67412923
Semi Skilled 398.81 444.19 11.37885208
Unskilled 484.33 522.37 7.854149031
Construction Labourer 467.43 498.53 6.653402649
Mason 432.32 464.19 7.371854182
Skilled 423.96 452.00 6.613831494
Unskilled 440.68 476.37 8.098847236
Carpenter 419.28 453.54 8.171150544
Skilled 409.38 436.46 6.61488104
Unskilled 429.18 470.61 9.653292325
Worker 550.46 577.67 4.943138466
Male 541.23 581.47 7.434916764
Female 559.64 573.89 2.546279751

स्रोतः नेपाल राष्ट्र बैंक


पुष्प दुलाल