गभर्नर डा. विश्वनाथ पौडेलसँगको विशेष अन्तर्वार्ता

राष्ट्र बैंकको स्वायत्तता झगडा गर्न होइन काम गर्न हो, मेरो निर्णयमा राजनीतिक झल्को देखिँदैन


लामो रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकको गभर्नरमा गत मंगलबार प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भए । बैंक तथा वित्तीय क्षेत्रको नियामक र अर्थतन्त्रको एउटा महत्त्वपूर्ण पाटोको रुपमा रहेको राष्ट्र बैंकमा मुलुकको आर्थिक स्थितिलाई सही पाटोमा ल्याउने अभिभारा हुन्छ ।

विगतको तुलनामा केही सहज स्थिति भए पनि नेपाल अझै आर्थिक समस्याले गाँजिएको स्थितिमा छ । बैंकमा तरलता थुप्रिएर बसेको छ भने कर्जा प्रवाह हुन सकेको छैन । निजी क्षेत्रको मनोबल कमजोर अवस्थामा छ, कर्जाको माग हुन सकेको छैन ।

अहिले अर्थतन्त्र तथा वित्त क्षेत्र समस्यामा भएकाले राम्रो गर्ने ठाउँ र सम्भावना पनि उतिकै छ । सम्भावना र चुनौतीको बीचमा गभर्नर बनेर आएका पौडेलले आगामी दिनमा कस्ता नीति ल्याउलान् ? आर्थिक स्थिति सुधार्न कसरी काम गर्लान् ? उनीमाथि प्रश्न उठाइएको राजनीतिक आस्थाको प्रश्नलाई कामबाट जवाफ दिन सक्लान् वा के गर्लान् ?

उनको जवाफ छ, केन्द्रीय बैंकले गुणस्तरीय कर्जा प्रवाह सुनिश्चित गर्न सुपरीवेक्षण कडा गर्नुपर्छ, जोखिमयुक्त क्षेत्र वा निर्देशित क्षेत्र कर्जा लगानीमा पुनर्विचार गरेर उत्पादनमुलक क्षेत्रमा कर्जा लगानीलाई प्राथमिकता दिनुपर्छ र यसैगरी वित्त र मौद्रिक नीतिबीत समन्वय गरेर संवादका आधारमा नीति निर्माण गर्नुपर्छ । राष्ट्र बैंकको सुपरीवेक्षकीय भुमिका कमजोर बनेकोले क्षमता अभिवृद्धि गर्दै राष्ट्र बैंकले नितान्त मौद्रिक क्षेत्रमात्र हेर्नुपर्नेमा उनको जोड छ ।

प्रस्तुत छ, राजनीतिक दबाबभन्दा तथ्यांकमा आधारित निर्णय गरेर अर्थतन्त्रलाई स्थायित्व दिने र गतिशील बनाउने कुरामा जोड दिने नवनियुक्त गभर्नर डा. पौडेलसँग क्लिकमान्डुका विजय पराजुलीले गरेको विशेष कुराकानी: