ट्रम्पद्वारा डेढलाख डलर आम्दानी गर्नेलाई कर छुटको घोषणा, थप के केमा कर नलाग्ने ?

1.4k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका करोडौं बासिन्दाको लागि एउटा नयाँ स्कीम ल्याउने घोषणा गरेका छन् ।

अमेरिकाको कमर्स सेक्रेटरी हावर्ड लुटनिकका अनुसार अमेरिकाले एउटा नयाँ ट्याक्स योजना ल्याउने घोषणा गरेको छ । जसअन्तर्गत अमेरिकाका ठूलो संख्यामा रहेका स्थानीय बासिन्दाले ट्याक्स तिर्नुपर्ने बाध्यता हट्नेछ ।

लुटनिकका अनुसार अमेरिकाले वार्षिक १ लाख ५० हजार अमेरिकन डलरसम्मको आम्दानी गर्ने बासिन्दाले कुनै पनि प्रकारको ट्याक्स सरकारलाई तिर्नु नपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको छ ।

अहिले अमेरिकाले १ लाख ५० हजार डलरसम्मको आम्दानी गर्ने व्यक्तिबाट वार्षिक २२ प्रतिशतसम्म फेडरल ट्याक्स उठाउँदै आएको छ । यसबाहेक ट्रम्पले ओभरटाइम गरेवापत प्राप्त आम्दानीमा पनि कुनै पनि ट्याक्स नलाग्ने नीति कार्यान्वयनमा ल्याउन लागेका छन् । साथै सर्भिस चार्जमाथि पनि कुनै ट्याक्स लाग्ने छैन ।

ट्रम्प प्रशासनले ओभरटाइम, सर्भिस चार्ज, टिप्स, जेष्ठ नागरिकको शोसल सेक्युरिटीमा पनि कुनै पनि प्रकारको ट्याक्स नलाग्ने नीति कार्यान्वयन गर्न लागेको छ ।

यसबाहेक अमेरिकामा निर्माण भएका वस्तुमा लाग्ने ट्याक्समा पनि छुट प्रदान गरिएको छ ।