वर्ल्डलिंकले एकमुष्ट बक्यौता तिरेपछि दबाबमा अरु इन्टरनेट कम्पनी, १० किस्ताको सुविधा माग्दै
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले शुक्रबार एकमुष्ट २ अर्ब १५ करोड रुपैयाँको बक्यौता तिरेपछि अन्य इन्टरनेट सेवाप्रदायक दबाबमा परेका छन । एउटै प्रकृतिको काम गर्ने र बक्यौता बाँकी रहेको अन्य सेवाप्रदायकलाई अब कसरी भुक्तानी गर्ने भन्ने तनाव थपिएको छ ।
वर्ल्डलिंक बाहेक अरु सबैजसोको इन्टरनेट सेवाप्रदायकको डेढ अर्ब रुपैयाँभन्दा बढी बक्यौता छ । सबैभन्दा धेरै बक्यौता बाँकी राख्ने वर्ल्डलिंकले विलम्ब शुल्कसहितको बक्यौता तिरेपछि किस्ताबन्दीको सुविधा लागि लविइङ गरिरहेका अरु सेवाप्रदायक दबाबमा छन् ।
वर्ल्ड लिंकको इजाजतपत्रकै अवधि सकिएको र यसलाई लाइसेन्स नवीकरण गर्न अनिवार्य रुपमा बक्यौता भुक्तानी गर्नै पर्ने दबाबका कारण एकपमुष्ट भुक्तानी गरेर आवश्यक सेवा सुविधा लिने प्रक्रिया अगाडि बढाएको छ । यसको गत वैशाखदेखि नै इजाजतपत्रको अवधि सकिएकोले अब पहिले नवीकरणको काम अगाडि बढ्ने भएको छ ।
अरु सेवाप्रदायकलाई भने किस्ताबन्दीको सुविधा बाहेकको विकल्प नभएको इन्टरेनट सेवा प्रदायहरुको संस्था (आइस्पान)ले बताएको छ ।
आइस्पानका अध्यक्ष सुधीर पराजुलीले सबै सेवाप्रदायकले किस्ताबन्दी माग्ने तयारीमा रहेको बताए । ‘नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष यस अघि नै कम्तिमा १० किस्ता माग्ने भनिएकोले हामीले प्रस्ताव बनाइरहेको छौं,’ उनले भने । सबै सेवाप्रदायकको एकैपटक र एउटै प्रस्ताव बनाएर आइस्पानेले नै लबिङ गरिरहेको पनि पराजुलीले बताए ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले २०७१ सालदेखिको कै हिसाब तयार पारिरहेकोले पनि अहिले आएर एकमुष्ट पैसा तिर्न दबाब दिएर हुँदैन । वर्ल्डलिंकले द्दामाएकमुष्ट तिर्नुलाई अरु सेवाप्रदायकले पनि एकैपटक तिर्न सक्छन् भनेर विश्लेषण गरिन नहुने पनि पराजुलीको भनाइ छ ।
इजाजतपत्र नवीकरण गर्नेपर्ने बाध्यता भएको, वर्ल्डलिंकले नै अदातलबाट मुद्दा हारेको र उसलाई प्राधिकरणले यस अघि पैसा तिर्नुपर्ने पत्र दिएकोले सोही आधारमा मुद्दामा गएको थियो ।
वर्ल्डलिंकले अब विदेशी मुद्रा सटहीको सुविधाको लागि पनि सिफारिस पाउन सक्छ । यसले अरु सेवाप्रदायकले पनि सहज हुन सक्ने पनि सम्बन्धित कम्पनीको भनाइ छ ।
२५ वर्षे सेवाको इजाजपत्रको अवधि अब पहिले भायनेटको ३ वर्षको लागि र सुविसुको ५ वर्षसम्म बाँकी छ । यी सेवाप्रदायकको पनि बक्यौता बाँकी छ ।
कसको कति बाँकी ?