पर्यटनमा सरकार असफल: लक्ष्य १६ लाख, पर्यटक आगमन १२ लाख पुग्नै मुस्किल



काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को लागि १६ लाख पर्यटक भित्र्याउने लक्ष्य अगाडि सारेको छ । पर्यटक बढाउने कुनै कार्ययोजनाबिना नै आगमनको संख्या बढाएको सरकारले लक्ष्यअनुसार पर्यटक भित्र्याउन भने नसक्ने भएको छ ।

पर्यटनक आगमको तथ्यांक अंग्रेजी नयाँ वर्षका आधारमा राखिने गरिएको छ चालु आर्थिक वर्ष अनुसारलाई अंग्रेजी वर्ष अनुसार वार्षिकरुपमा हेर्दा अहिलेसम्म एक वर्षमा १६ लाख पर्यटक पुर्याउने कुनौ ठोस योजना सरकारसँग छैन ।

यो वर्ष सन् २०२४ को सेप्टेम्बरसम्ममा नेपाल ८ लाख १६ हजारमात्रै पर्यटक आएका छन् । गत वर्ष सन् २०२३ को वर्षभरीमा नेपालमा आएका पर्यटकको संख्या १० लाख १४ हजार थियो । यो वर्ष नौ महिनामा जम्मा ८ लाख पर्यटक आएकोले अबको तीन महिनामा मासिक एक लाखकै दरले पर्यटक आउँदा पनि १२ लाख पुग्न मुस्किल हुने देखिएको छ ।

सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार, नोभेम्बरमा १ लाख ८ हजार र डिसेम्बरमा ९६ हजार पर्यटक आएका थिए । गत वर्ष सन् २०२३ को पछिल्लो तीन महिनामा नेपाल आएका पर्यटकको संख्या ३ लाख २२ हजार थियो । यो संख्यामा २० प्रतिशतले वृद्धि भएको अवस्थामा पनि यो वर्ष सन् २०२४ मा ३ लाख ८६ हजार मात्रै पर्यटक आगामी तीन महिनामा आउँछन् ।

नेपालमा पर्यटक आगमन बढ्दै गइरहेकोले अबको तीन महिनामा विगतका तुलनामा उत्पातै पर्यटक आएछन भने पनि ४ लाख भन्दा बढी हुँदैन । तर, यो वर्ष पर्यटकीय सिजनको मुखैमा बाढी पहिरोले सडक मार्ग अवरुद्ध गरेकोले त्यसको प्रभाव पर्यटक आगमनमा पर्ने छ । पर्यटक भनेकै जहाज शान्ति हुन्छ, जहाँ रमाईलो गर्ने वातावरण र दुखःकस्टविनाको यात्रा हुन्छ त्यहिँ पुगिरहेका हुन्छन् । त्यसैले पनि यो वर्ष अपेक्षा अनुसारको पर्यटक बृद्धि हुन्छन भनेर भन्न नसकिने पनि पर्यटन व्यवसायीकै भनाइ छ ।

सरकारले चालु आर्थिक वर्षमा ल्याउने भनेको पर्यटक काठमाडौं, पोखार र भैरहवा विमानस्थल सञ्चालनमा ल्याएर बढाउने क्षमता भएको उल्लेख गरिएको छ । नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछाने विदेश पुगेर पर्यटक ल्याउने काम पर्यटन बोर्डकै भएपनि अहिलेकै तयारी र योजनाले बार्षिक १२ लाख पर्यटक पुराउनै नसकिने बताउँछन् ।

लामिछानले क्लिकमान्डुसँग भने ‘वार्षिक १६ लाख पर्यटक भित्रन सक्ने पूर्वाधार नै अहिले छैन । आगमी कात्तिकदेखि त्रिभुवन विमानस्थल रातिको समय बन्द हुने र विहान पनि ढिलो खोल्ने हुँदा त्यसको असर वायुसेवा कम्पनीको उडानमा पर्छ । वायुसेवा कम्पनीको नियमित उडानमा पर्ने असरले पर्यटक आउन गाह्रो पर्ने भनाइ पनि लामिछानको छ ।

सरकारले १६ लाख पर्यटक ल्याउन सोही अनुसारको सेवा सुविधा चाहिन्छ । सरकारले छुटको अफर ल्याउने, पर्यटक आकर्षित गर्ने वातावरण हुनुपर्ने देखि पर्यकीय गतिविधि बढाउने आधारसम्म हुनुपर्ने पनि पर्यटन बोर्डको भनाइ छ । पर्यटक ल्याउन सकारात्मक कदम हुनुपर्ने भएपनि सरकारले त्यो अनुसार कामै गर्न नसकेको हुँदा पनि वार्षिक १६ लाख पर्यटक ल्याउन सकिने पूर्वाधार र क्षमता नै नभएको पनि उनले बताए ।

विश्वव्यापी रुपमा पर्यटक बढेकोले नेपालमा पनि बढाउन सकिन्छ भन्ने हो । हामीले चिनियाँ पर्यटक बढाउन सकियो भने पक्कै लक्ष्यअनुसार ल्याउन सकिन्छ कि भन्ने विश्वास पर्यटन मन्त्रालले लिएको छ । नेपालको सम्भावनको सिहावले लक्ष्य खासै ठूलो नभएको भनाइ पर्यटन मन्त्रालयको छ ।

पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानले भने सरकारले बजेटमार्फत गरेको घोषणा चालु आर्थिक वर्षको लागि भएको र त्यो अनुसारको कार्ययोजना बनाएर सरकारले काम गरिरहेको बताए। उनका अनुसार सरकारी योजना कार्यान्वयन हुँदै गरेकोले अहिले नै पर्यटक आगमनको लक्ष्यबाट बिमुख हुनु नहुने बताए ।


राजु बास्कोटा