अडानीपछि भारतीय धितोपत्र बोर्ड अध्यक्षको अवैध लगानीबारे हिन्डनबर्गको खुलासा



भारतीय व्यवसायी गौतम अडानीको अनियमितताविरुद्ध उजुरी दिने हिन्डनबर्गको रिसर्चले भारतीय धितो तथा विनिमय बोर्ड (सेबी)की अध्यक्ष माधवी पुरी बुच र उनका पतिको अवैध लगानीबारे खुलासा गरेको छ । उक्त रिपोर्ट सार्वजनिक भएपछि संसदीय छानबिनको माग उठेको छ ।

एजेन्सी । भारतको अडानी ग्रुपविरुद्ध उजुरी दिने हिन्डनबर्गको रिसर्चले भारतीय धितो तथा विनिमय बोर्ड (सेबी)को अध्यक्ष माधवी पुरी बुचमाथि आरोप लगाएको छ ।

अमेरिकी सर्ट सेलर फन्ड हिन्डनबर्गले शनिबार सार्वजनिक दस्तावेजको हवाला दिँदै सेबीकी अध्यक्ष माधवी पुरी र उनका पति धवल बुचको ती अफसोरहरुमा सेयर लगानी रहेको खुलासा गरेको छ ।

जो अडानी समूहको वित्तीय अनियमिततासँग जोडिएका थिए । इन्डियन एक्सप्रेस र पीटीआईका अनुसार सेबीका अध्यक्ष र उनका पति धवलले भने एक बयान जारी गर्दै यस्तो आरोपको खण्डन गरेको छ । दुबैले एक संयुक्त बयान जारी गर्दै भनेका छन्, ‘यी आरोपमा कुनै सत्यता छैन । हाम्रो जीवन र वित्तीय लेनदेन खुला किताब हो ।’

हिन्डनबर्ग रिपोर्टमा के छ ?

हिन्डनबर्ग रिसर्चको रिपोर्टमा भनिएको छ कि सेबीका अध्यक्ष र उनका पतिको अफसोर कम्पनीहरुमा सेयर लगानी रहेको छ । साथै त्यसको प्रयोग अडानी समूहको वित्तीय अनियमिततासँग जोडिएको थियो । यस्तै सेबीले हालसम्म अडानीका अन्य संदीग्ध सेयरहोल्डर कम्पनीहरुमाथि कुनै कारबाही पनि नगरेको बताएको छ । जुन इन्डिया इन्फोलाइनको इएम रिसर्जेन्ट फन्ड र इन्डिया फोकस फन्डमार्फत संचालित छ ।

रिपोर्टमा सेबीको अध्यक्षको स्वार्थको द्वन्द्वका कारण सेबीको पारदर्शिता संकास्पद बनेको पनि बताइएको छ । सेबीको नेतृत्वलाई लिएर रिपोर्टमा चिन्ता व्यक्त गरिएको छ । हिन्डनबर्गले अडानी समूहको वित्तीय अनियमिततामा जुन अफसोर फन्डको संलग्नता रहेको छ त्यो पूर्ण रुपमा अस्पष्ट र जटिक संरचनामा रहेको पनि रिपोर्टमा उल्लेख गरेको छ ।

यस्तै माधवी पुरी बुचको निजी हित र बजार नियामक प्रमुखको रुपमा उनको भूमिकामाथि पर्याप्त प्रश्न उठाइएको छ । हिन्डनबर्ग रिसर्चले अडानी ग्रुपलाई लिएर सेबीले जे अनुसन्धान गरेको छ त्यसलाई पनि व्यापक रुपमा अनुसन्धान गर्नुपर्ने जनाएको छ ।

यस्तै आफूलाई प्राप्त भएका दस्तावेज अनुसार सेबीमा नियुक्तिको केही हप्तापहिले माधवी पुरी बुचले मरिससको फन्ड प्रशासक ट्रिडेन्ट ट्रस्टलाई इमेल गरेकी थिइन् । उक्त इमेलमा उनको र उनको पतिको ग्लोबल डाइनामिक अपर्च्युनिटीज फन्डमा लगानीको दाबी गरिएको थियो ।

हिन्डनबर्गको रिपोर्टमा माधवी बुच सेबीको अध्यक्ष बन्नुअघि नै उनका पतिले संयुक्त खातालाई अपरेट गर्न अनुरोध गरेको पनि खुलासा गरिएको छ । अर्थात माधवी बुचलाई अध्यक्ष बनाउनुभन्दा पहिले उनको खाताबाट सबै पुँजी हटाउन चाहन्थे । किनकि सेबी पद राजनीतिक रुपमा पनि संवेदनशील हुने भएकाले माधवीका पतिले यो कदम चालेका थिए ।

हिन्डनबर्गको रिसर्च रिपोर्टमा उल्लेख छ,’माधवी बुचलाई निजी इमेलमा सम्बोधन गर्दै २६ फेब्रुअरी २०१८ को एकाउन्टमा उनको फन्डको पूरा संरचना बताइएको छ । फन्डको नाम जीडीओएफ सेल ९० अर्थात् आईपीइप्लस फन्ड १ ।’ यो मरिससमा रजिस्टर भएको फन्ड सेल हो । जुन विनोद अडानीको तर्फबाट प्रयोग गरिएको फन्डको जटिल संरचनामा समावेश थियो ।

हिन्डनबर्गले उक्त फन्डमा त्यसबेला बुचको कुल ८ लाख ७२ हजार ७ सय ६२ डलरको हिस्सेदारी रहेको खुलासा गरेको छ ।

हिन्डनबर्गको यस्तो खुलासापछि भारतमा प्रतिपक्षी दलका सांसदहरुले सेबी अध्यक्षमाथि छानबिन गर्नुपर्ने भन्दै कडा शब्दमा माग गरेका छन् ।

हिन्डनबर्गले उक्त फन्डमा त्यसबेला बुचको कुल ८ लाख ७२ हजार ७ सय ६२ डलरको हिस्सेदारी रहेको खुलासा गरेको छ ।

प्रतिपक्षी दल कंग्रेसले उक्त रिपोर्टपछि अडानी मेगा स्क्यामको वेयापक रुपमा छानबिनका लागि संयुक्त संसदीय समिति बनाउनुपर्ने माग गरेको छ । यस्तै तृणमुल कंग्रेसले सेबी प्रमुख माधवी बुचको राजीनामा माग गरेको छ ।

प्रतिपक्षी दलका नेताहरुले सामाजिक संजालमा लेख्दै सेबीको अध्यक्ष माधवी बुचको राजीनामा माग गरेका छन् । कतिपयले छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएका छन् ।

अडानी समूहले भने बुचमाथि दूर्भावनापूर्ण तरिकाले गलत आरोप लगाइएको भन्दै प्रतिरक्षा गरेको छ । साथै अडानी समूहमाथि लगाइएको आरोप पूर्ण रुपमा खारेज गर्ने भन्दै आरोप अस्विकार गरेको छ ।


क्लिकमान्डु