डिल्लीबजार कारागारमा मौद्रिक नीतिको चर्चा, वित्तीय अपराधका कैदीबन्दीहरु अर्थतन्त्रप्रति चिन्तित !



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति निर्माण गर्न सम्बन्धित सरोकारवाला निकायलाई बोलाएर आवश्यक छलफल गरिरहेको छ । मौद्रिक नीति बनाउँदा सरोकारवाला निकायसँग छलफल गरेर आवश्यक राय सुझाव लिनुलाई स्वभाविक प्रक्रिया मानिन्छ ।

मौद्रिक नीतिको चर्चा र बहस राष्ट्र बैंकसहित सिंहदरबार र बालुवाटारतिर त हुने नै भयो । चोक-चिया पसलबाट पनि सरकारलाई सुझाव दिने गरेको पहिलेदेखि नै हो । यसको बहस र चर्चा गर्न कसैलाई निषेध हुने कुरा पनि भएन । यस्तैमा डिल्लीबजार कारागारमा समेत वित्तीय अपराधको सजाय भोगिरहेका कैदीबन्दीहरुमाझ मौद्रिक नीतिको गहिरो बहस र चर्चा हुने गरेको छ । कारागार भित्र अहिले दैनिक जसो मौद्रिक नीतिको चर्चा हुने गरेको छ ।

कारागारमा बैंकिङ क्षेत्रमा करियर बनाएका, उद्योगी, व्यवसायीसमेत भएकोले मौद्रिकक नीतिमा चर्चा हुने गरेको छ । अर्थतन्त्रप्रति चासो राख्ने र लामोसमय सत्ता र नियामकको नजिक रहेर व्यवसाय गरेका व्यवसायी भएकोले पनि डिल्लीबजार कारागारमा मौद्रिक नीतिको चर्चा भएको हो । काराबारमा बौद्धिक वर्गसमेत भएकोल उनिहरुले वित्तीय नीति, मौद्रिक नीतिदेखि समसामयीक विषयमा बहससमेत गर्ने गरेका छन ।

कैदीबन्दीको चासो : गभर्नर अधिकारीले कस्तो मौद्रिक नीति ल्याउलान ?

यही प्रश्नको वरिपरी रहेर चालु आवको मौद्रिक नीतिको ससीक्षा र आगामी आवको नीति कस्तो हुनुपर्ला ? कस्तो आउला ? गनर्भरले के के गर्नुपर्ला भनेर चर्चा दैनिक हुने गरेको छ ।

यो कार्यकालका लागि गभर्नर महाप्रसाद अधिकारीको अन्तिम मौद्रिक नीति हो । त्यसैले कस्तो मौद्रिक नीति ल्याउने हुन भन्ने सबैमा चासो, चिन्ता र चर्चा हुनु स्वाभािवक हाे ।

यो विषयमा चर्चा गर्ने मुख्य ४ जना कैदी बन्दी पनि रहेका छन् । डिल्लीबजार कारागारमा रहेको २ जना पूर्वबैंकर र दुई जना सहकारीकर्मी तथा व्यवसायी बहसमा सहभागि हुन्छन् । तत्कालीन किष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल ज्ञवाली, तत्कालीन सिभिल बैंक तथा सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका अध्यक्ष इच्छाराज तामाङ, सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका अध्यक्ष केशवलाल श्रेष्ठ र शिवशिखर अर्गनाइजेसनका अध्यक्ष केदारनाथ शर्मा कारागारभित्रै छलफल र बहसमा उत्रन्छन् । उनीहरुको बहसलाई प्रहरीले भने निरीक्षण गर्ने गरेको छ । शिवखिशरका अध्यक्ष शर्मालाई भने अहिले उनको मुद्दाको विषयमा हुने अनुन्धान तथा सोधपुछका लागि नख्खु कारागारमा लगिएको छ ।

पछिल्लो दुई सातादेखि उनीहरुबीच जेल भित्र मौद्रिक नीतिका विषयमा निकै समय छलफल हुने गरेको छ । दैनिक रुपमा पत्रिका पढ्ने, टेलिभिजन हेर्ने व्यवस्था कारगारभित्र हुने भएकोले समसामयीक विषयमा उनिहरु जानकार हुन्छन् । समाचारले धेरै विषयको जानकारी दिने भएकोले आपसी छलफल गर्न कैदीबन्दीलाई सहज भएको डिल्लीबजार कारागार स्रोतले क्लिकमाण्डुलाई जानकारी दिएको छ ।

‘राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको भएर त्यस विषयमा समाचारमा आएका विषय हेरेर, पढेर अब देशको अर्थतन्त्रलाई माथि उठाउन, व्यवसायी, बैंकर्स, बजारको मनोलब कसरी उठाउन सकिन्छ, त्यसका लागि राष्ट्र बैंकले अबको मौद्रिक नीतिमा के गर्नुपर्छ भनेर छलफल हुने गरेको छ’ उनले भने, ‘उहाँहरुले देशका बारेमा, अर्थतन्त्रका बारेमा निकै चिन्ता, चासोका साथ छलफल गर्नुहुन्छ । अर्थतन्त्र माथी उठाउन उहाँहरुसँग धेरै योजना रहेको जस्तो देखिन्छ ।’

ज्ञवाली र तामाङ लामो समय बैंकिङ क्षेत्रमा काम गरेका आएका व्यक्ति हुन । इच्छाराजले सहकारीसमेत चलाएका, केवशलाल पनि सहकारीमौ उदायका व्यक्ति हुन भने शर्मा पनि सहकारी ठगीमै जेल परेको व्यक्ति हुन् । उनीहरुसँग लामो समय बैंकिङ तथा सहकारी क्षेत्रमा काम गरेका अनुभवका आधारमा मौद्रिक नीतिमाथि चर्चा भएको हुने गरेको कारागारका अधिकारीको भनाई छ ।

उनीहरु मौद्रिक नीतिमा मात्रै होइन बजेट, राजनीतिका विषयमा पनि नियमित छलफल हुने गरेको छ । यो देशलाई आर्थिक रुपमा बलियो बनाउन के गर्न सकिन्छ ? पुराना राजनीतिक दलले के गरे ? नयाँले के गर्लान ? कसरी काम गरिरहेका छन् ? भनेर पनि चर्चा हुने गरेको छ । पुराना नेताहरुले नसकेपछि नयाँ दलमा आम मानिसको चासो बढेको जस्ता विषयमा अर्थपूर्ण चर्चा हुने पनि ती अधिकारीले बताए ।

कारागारमा रहेका उनीहरु आफूले पहिला गरेका काम, भोग्दै आएको जेल जीवन, मुद्दा मामिलाका विषयमा पनि छलफल गर्ने गरेका छन् ।

तत्कालीन किष्ट बैंकका सीईओ ज्ञवालीले बैंकको सवा ४ करोड ठगेर २०७४ सालबाट फरार भए । उनले अनामनगरमा रहेको जम्बो प्रकाशनलाई ४ करोड २६ लाख कर्जा दिएका थिए । उक्त कर्जा प्रकरणमा मुछिएका ज्ञवाली र उनको श्रीमती श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै पुनरावेदन अदालत पाटनले ०७३ असोज ५ गते कमललाई ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना र गौरीलाई ३ वर्ष जेल र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गरिसकेको छ । ज्ञवाली २०७५ असोज १९ गते पक्राउ परेका हुन् । उनलाई भारतमा लुकेर बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको थियो । हाल उनी डिल्लीबजार कारागारमा रहेका छन् ।

१ हजार ५०३ जना बचतकर्ताको ५ अर्ब ७५ करोड ४३ लाख ६९ हजार ३१३ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी सिभिल बैंकका पूर्व अध्यक्ष समेत हुन् । उनले सहकारीको पैसा सिभिल होस्म लगायत नीजि कम्पनीमा लगानी गरेका थिए । उनको संस्थालाई अहिले बागमती प्रदेशले समस्याग्रस्त घोषणा गरिसकेको छ । श्रेष्ठ तामाङमा मामा ससुरा हुन् । उनी पनि सोही सहकारी ठगीमा समातिएका हुन् । दुवै जना डिल्लीबजार कारागारमा रहेका छन् ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पनि यस्ता आर्थिक छलफलमा सहभागी हुने गरेका छन् । शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारीलाई हतियार बनाएर शर्माले हजारौ बचतकर्ताले ११ अर्ब ६२ करोड १९ लाख ३० हजार ७१ रुपैयाँ ठगी गरेको छन् । शर्माले उपत्यकाका साथै चितवन, गण्डकी प्रदेशका विभिन्न जिल्लामा सेवाकेन्द्र खोलेर ठगेका छन् । हाल उनी पनि हिरासतमा रहेका छन् ।


क्लिकमान्डु