रास्वपासहितको गठबन्धन बनाउन प्रचण्डको फोन, देउवाले भने: त्यो च्याप्टर क्लोज भइसक्यो



काठमाडौं । नेकपा एमालेसँग सरकार गठनका लागि नेपाली कांग्रेसले सहमति गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन सम्पर्क गरेका छन् ।

मध्यरातमा कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरण बनाउने र पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने भएसँगै प्रचण्डले मंगलबार देउवालाई फोन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले देउवालाई फोन गर्दै माओवादी, रास्वपा र कांग्रेसको गठबन्धन गर्न आग्रह गरेका हुन् । ‘रास्वपासहितको गठबन्धन बनाऊँ’ भन्दै सभापति देउवालाई प्रधानमन्त्रीले फोन गर्नु भएको थियो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘तर, देउवाले अब त्यो च्याप्टर क्लोज भइसक्यो भन्नु भयो ।’

कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच छलफल अघि बढेपछि यसअघि पनि माओवादीले कांग्रेसलाई यस्तो प्रस्ताव गरेको थियो । तर कांग्रेसले यसअघि पनि माओवादी अध्यक्ष प्रचण्डबाट धोका पाइसकेको भन्दै एमालेसँगको सहकार्य अघि बढाउने गरि छलफल गरेको थियो ।


क्लिकमान्डु