रविविरुद्धको मुद्दाको सुनुवाइ आज



काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज मंगलबार सुनुवाइ हुँदैछ । महान्यायाधिवक्ताको कार्यालयले जाहेरी नपरेको भन्दै क्लिन चिट दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुन लागेको हो ।

रिटमाथि सुनुवाइ केही समय यता पेसीमा पर्दै आएको छ । रिट न्यायाधीशहरु सपना मल्ल प्रधान र शारंगा सुवेदीको इजलासमा सुनुवाइ हुँदैछ ।

लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै मुद्दा दायर गरिएको थियो । गत ४ गते नै पेशी तोकिए पनि त्यस दिन हेर्न नमिल्ने भएकामा त्यसपछि हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ आजका लागि तोकेको थियो ।

रिटमा महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ । रविविरूद्ध कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भन्दै महान्यायधिवक्ताले क्लिन चिट दिएका थिए ।

यस्तै रिटमा महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्यायप्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।


क्लिकमान्डु