बलम्बुमा यसरी बनिरहेको छ देशकै पहिलो फ्लाइओभर (तस्बिरहरू)



काठमाडौं । काठमाडौंको बलम्बु-सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम धमाधम भइरहेको छ ।

राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले यहाँ फ्लाइओभर निर्माण गरिँदैछ।

अबको एक वर्ष भित्र सवारी साधन चलाउनेगरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए । यो एक लेन फ्लाइओभरको लम्बाइ एक सय २८ मिटरको र चौडाइ ७ मिटरको हुनेछ ।

यो फ्लाइओभरमा काठमाडौंबाट सुरूङमार्गतर्फ जाने सवारी एकतर्फी सञ्चालन हुनेछन् ।

यसरी धमाधम भइरहेको छ फ्लाइओभर निर्माणको कामः


क्लिकमान्डु