राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शीतल निवास पुगेका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न प्रधानमन्त्री शीतल निवास पुगेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सत्ता गठबन्धन गर्ने निर्णय गरेपछि प्रचण्ड अल्पमतमा परेका छन् ।

तर, प्रधानमन्त्रीले राजनीनामा भने नदिने निर्णय माओवादी केन्द्रको पदाधिकारी बैठकले गरेको छ ।

प्रधानमन्त्रीले विश्वासको मतको सामान गर्ने र नपाएपछि सरकार ढल्ने भएको हो ।


क्लिकमान्डु