सुर्खेतमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु



सुर्खेत । सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

गएराति सुर्खेतबाट कालीकोट जाँदै गरेको भे १ च २५६० नम्बरको जिप सुर्खेतको विरेन्द्रनगर नरपालिका-१३ रातानाङ्ग्लानजिक टाकुरी मोडबाट खसेर दुर्घटना भएको हो ।

मृतकमध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका-३ का नमराज विक, तन्त विका र उनका छोरा वीरेन्द्र विक छन् ।

दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र-९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका-३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाबारे राति २ बजे खबर आएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु