खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति: ३ लाखको घडी, १ करोडको सेयर



युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले काठमाडौंमा ४ आना जग्गा र विभिन्न बैंकका खातामा रहेको ८८ लाख रुपैयाँभन्दा धेरै रकमसहित सम्पत्ति सार्वजनिक गरेका छन् ।

यस्तै विभिन्न कम्पनीमा १ करोड ९ लाख ८० हजार बराबरको सेयर रहेको देखिएको छ । साथै अचल सम्पत्तिको रुपमा १५ तोला सुन र ५० तोला चाँदी पनि सार्वजनिक गरेका छन् ।

यस्तै टिसोट, स्वाच, अर्मानी लगायत ब्रान्डका ३ लाख रुपैयाँ बराबरका घडी पनि मन्त्री श्रेष्ठले सम्पत्तिको रुपमा विवरण सार्वजनिक गरेका छन् ।


क्लिकमान्डु