पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहिया भेट्न कांग्रेस नेताको लर्को



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ गर्न अनुमति दिएपछि नेपाली कांग्रेसका सांसदहरु थापाथली पुगेका छन् ।

अध्यक्ष सिरोहियालाई भेट्न कांग्रेसका नेताहरु लाइन लागेर थापाथलिस्थित कान्तिपुर सेन्ट्रल बिजनेश पार्क पुगेका हुन् ।

सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित रामनाथ अधिकारी, दीपक गिरी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्स पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

सिरोहियाले आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा सरकार अघि बढेको प्रतिक्रिया जनाएका छन् ।


क्लिकमान्डु