सिरोहियालाई पक्राउ पुर्जी जारी भएपछि कांग्रेसले भन्यो: पूर्वाग्रह राखेर कसैलाई कारबाही भए हामी सहदैनौं



काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका प्रतिनिधि सभाका सांसद बद्री प्रसाद पाण्डेले आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भए आफूहरुले नसहने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसद पाण्डेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न पुर्जी जारी भएको सुनेको भन्दै आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही नगर्न सरकारलाई चेतावनी दिए ।

‘कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पूर्जी जारी भएको मैले सुनेको छु,’ उनले भने, ‘कानुनी कारबाहीको दायरमा हरेक नागरिकलाई ल्याउनु पर्छ । तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने, कांग्रेसले राणालाई राजालाई सहेन कसैलाई पनि सहँदैन ।’

उनले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन नभइ सदन अघि बढ्न नसक्ने बताए । तर सभामुख देवराज घिमिरेले नाराबाजीकाबीच सदन सञ्चालन गरेका थिए ।


क्लिकमान्डु