पूर्वराजा ज्ञानेन्द्र पुगे पाटन (तस्बिरहरु)



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुर भ्रमण गरेका छन् । सोमबार शाहले ललितपुरको पाटन दरबार क्षेत्रलगायतको अवलोकन भ्रमण गरेका हुन् ।

शाहले पाटनको गोल्डेन टेम्पल, बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिरलगायतमा पूजाआजासमेत गरेका थिए ।

उनी ति क्षेत्रमा पुग्दा सर्वसाधारणले स्वागत गरेका थिए । ललितपुरवासीको निमन्त्रणामा शाह पाटन पुगेको पूर्वराजाको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु