सन्दीपले सफाइ पाएपछि समर्थकको खुसीयाली (तस्बिरहरु)



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । लामिछानेलाई दोषी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई उच्च अदालत पाटनले उल्ट्याएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासे बुधबार लामिछानेलाई सफाइ दिएको हो ।

गौशाला २६ (परिवर्तित नाम) ले दायर गरेको मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।

उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात न्यायाधीशद्वय भट्ट र उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

जिल्ला अदालतले दोषी ठहर गरेपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बित गरेको थियो । यो फैसलासँगै उनले क्रिकेट खेल्ने बाटो खुलेको छ ।

लामिछानेको पक्षमा फैसला आएपछि उनका समर्थकहरुले खुसीयाली मनाएका छन् । समर्थकको ठूलो उपस्थित अदालत बाहिर रहेको थियो। कतिपय बाजागाजासहित पुगेका थिए ।


क्लिकमान्डु